२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीमानलाई बचाउ गर्दै शिल्पाले भनिन्, ‘राजले पोर्न फिल्म बनाउँदैन थिए’



अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान तथा व्यापारी राज कुन्द्रा पोर्न फिल्म निर्माण गरी विदेशी एप्सहरुमा बेचेको आरोपमा पक्राउ परेका छन् । 

अदालतले उनलाई २७ जुलाईसम्म थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ । 

शुक्रवार क्राइम ब्रान्चको टोली अनुसन्धनकै क्रममा राजलाई लिएर उनको घर गएको थियो, जहाँ शिल्पा र राजलाई आमने(सामने राखेर सोधपुछ गरिएको थियो ।

सोधपुछको क्रममा शिल्पाले श्रीमानको बचाउ गरेको मुम्बई पुलिसले जनाएको छ । उनले पोर्नोग्राफी केसमा आफ्नो संलग्नता नरहेको र राजले पनि पोर्न फिल्म बनाउने नगरेको बयान दिएकी थिइन् । राजले पोर्न फिल्म नभइ एरोटिक फिल्म बनाउने गरेको शिल्पाले बयान दिएकी थिइन् ।