३० भाद्र २०८३, मंगलवार
,
Latest
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु धर्म, संस्कृति र परम्पराको संरक्षणले सद्भाव, शान्ति र एकता कायम गर्छः सभामुख यादव टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा दर्शनका लागि भक्तजनको घुइँचो दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा नेपाल र माइक्रोनेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना जलवायु परिवर्तनका असर न्यूनीकरणमा पूर्वाधारमा लगानी बढाउन काठमाडौं महानगरको जोड आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै भोजपुरका किसान बुढीगण्डकी र फास्ट ट्र्याक निर्माणमा बाबुरामको दबाब, ‘अब पनि बहाना बनाएर रोक्नु हुँदैन’ ब्रिक्स बैंकको सहयोगमा बनेको सडकले भारतीय राज्यका स्थानीयको जीवनस्तर सुधार्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुल्मी रेडक्रसलाई स्वास्थ्य सामग्री प्रदान



अ+ अ-

गुल्मी । नेपाल रेडक्रस सोसाइटी  केन्द्रीय कार्यालयले गुल्मी जिल्ला शाखालाई कोभिड–१९ का लागि आवश्यक स्वास्थ्य सामग्री प्रदान गरेको छ । ती सामग्रीमा ३५ हजार मास्क, ६५ पिपिई, १० थर्मल गन, ६५  चस्मा, १०० फेस शिल्ड, ६५  गाउन, चार  अक्सिजन कन्सन्ट्रेटरलगायतका छन् । 

सोसाइटीका केन्द्रीय महामन्त्री महामन्त्री पीताम्बर अर्यालले जिल्ला सभापति राजेन्द्र श्रेष्ठलाई ती सामग्री प्रदान गर्नुभयो । सो अवसरमा महामन्त्री अर्यालले कोरोना महामारी नियन्त्रणमा सोसाइटीले उच्च प्राथमिकताका साथ काम गरिरहेको जानकारी दिँदै यस प्रकारका सामग्री  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तथा आफ्ना शाखा कार्यालयलाई वितरण भएको बताउनुभयो । उहाँले भन्नुभयो“ विपदका अवस्थामा सोसाइटीले निस्वार्थ मानवीय सेवामा जुटिरहेको छ । ”

सोही अवसरमा ती सामग्री नेपाली सेना, नेपाल प्रहरी, पत्रकार महासङ्घ जिल्ला शाखा ,स्वास्थ्य कार्यालय तथा सोसाइटीका शाखालाई  वितरण गरिएको थियो । जिल्ला सभापति श्रेष्ठले राजनीति आस्था र विचारभन्दा माथि उठेर सोसाइटीले मानवीय सेवा गरिरहेको बताउनुभयो । रासस