२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति र प्रधानमन्त्रीको आपत्तिजनक भिडियो टिकटकमा अपलोड गर्ने पक्राउ



अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको आपत्तिजनक भिडियो सामाजिक संजाल (टिकटक)मा अपलोड गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय, झापाले मेचीनगर–६, बर्मेलीबाट ३५ वर्षीय सोमप्रसाद घिमिरेलाई पक्राउ गरेको हो । 

आपत्तिजनक भिडियो भेटेपछि खोजी गर्ने क्रममा घिमिरे पक्राउ परेका हुन् । सो भिडियो अपलोड गरेको आधारमा उनलाई काठमाडौँ ल्याएर अनुसन्धानका लागि ७ दिन म्याद थप गरिएको छ ।

प्रहरीले घिमिरेविरुद्ध विद्युतीय अपराध सम्बन्धी कसूरमा छानविन गर्दैछ ।