• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने ★   टी–२० वरियतामा अस्ट्रेलियाका ट्राभीस हेड पहिलो स्थानमा उक्लिए ★   पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु ★   सरकारको अनुमतिबाट खोलिएका उद्योगहरु नवीकरण गर्नुपर्छः प्रमुख सचेतक बर्तौला

म्याराडोनाभन्दा अगाडि रहे मेसी !



एजेन्सी । लियोनल मेसीले आफ्नो करियरमा उत्कृष्ट गोल गरेका छन् । उनले धेरै अविस्मरणीय खेल पनि खेलेका छन्, तर उनले विश्वकपमा आफ्नो उत्कृष्ट प्रदर्शनलाई बचाएर राखे । ३५ वर्षको उमेरमा जब धेरै खेलाडीहरू मैदान छोड्छन्, मेसीले भने चमत्कार गरे ।

अहिलेसम्मकै उत्कृष्ट विश्वकपको फाइनल खेलमा उनको टोलीले २०१८ को च्याम्पियन फ्रान्सलाई पराजित गर्दै ३६ वर्षपछि उपाधि उचाल्यो । यो जितसँगै मेसी अर्जेन्टिनाका नयाँ मसिहा बनेका छन् ।

सन् १९८६ मा अर्जेन्टिनाको टोलीले विश्वकप जित्दा डिएगो म्याराडोना त्यसका मसिहा बने । अर्जेन्टिनाका फुटबल फ्यानहरूले उनलाई भगवान जस्तै पुज्छन् । यस्तो लाग्थ्यो कि म्याराडोनाको स्थान कसैले पनि लिन सक्दैन । यसको कारण अर्जेन्टिनाले सन् १९८६ पछि विश्वकप जित्न नसक्नु थियो । सन् २०१४ मा मेसीले मौका पाएका थिए तर उनको टोली फाइनलमा जर्मनीसँग पराजित भयो ।

त्यसपछि कोपा अमेरिकामा पराजित भएपछि मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए । उनी क्लब स्तरमा सफल भए पनि अन्तर्राष्ट्रिय स्तरमा असफल बनेका थिए ।

कोपा अमेरिकामा टोलीको हारपछि मेसीले २०१६ मा सन्यासको घोषणा गरेका थिए । राष्ट्रपति सहित अर्जेन्टिनाका सबैले उनलाई यो निर्णय फिर्ता लिन आग्रह गरे । मेसी सन्यासबाट फर्किए र २०१८ को विश्वकपमा टोलीको नेतृत्व गरे । प्रि–क्वाटरफाइनलमा फ्रान्ससँग अर्जेन्टिना पराजित भएपछि मेसी फेरि अन्तर्राष्ट्रिय फुटबल छाड्ने मनसायमा पुगेका थिए ।

प्रशिक्षक स्कालोनीले टोलीमा परिवर्तन गरे । उनीहरूले जुलियन अल्भारेज, एन्जो फर्नान्डेज र इमिलियानो मार्टिनेजका साथै लियोनेल मेसी, एन्जेल डि मारिया र निकोलस ओटामेन्डी जस्ता खेलाडीहरूको ‘कम्बिनेसन’ बनाए । स्कालोनीको पहिलो चुनौती दक्षिण अमेरिकाको सबैभन्दा ठूलो प्रतियोगिता कोपा अमेरिका जित्नु थियो । सन् २०२१ मा उनले यसमा सफलता पाए । मेसी पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता जित्न सफल भए ।

२०२१ को कोपा अमेरिका जितेपछि स्कालोनी र मेसीको नजर २०२२ को विश्वकपमा थियो । साउदी अरेबियासँगको पहिलो खेलमा पराजित भएपछि अर्जेन्टिनाले शानदार पुनरागमन गर्यो । अष्ट्रेलिया, नेदरल्यान्ड्स र क्रोएसियालाई हराउँदै टोली फाइनलमा पुगेको थियो । निर्धारित समयमा ३–३ गोलको बराबरी खेलेपछि पेनाल्टी सुटआउटमा फ्रान्सलाई ४–२ गोलले पराजित गर्दै अर्जेन्टिना ३६ वर्षपछि च्याम्पियन बन्यो ।

मेसीको सपना अन्ततः साकार भएको छ । उनी पाँचौं प्रयासमा च्याम्पियन बने । कीर्तिमानी गोल र असिस्ट गर्दै उनले हरेक फुटबलरमा हुने सपना पूरा गरे । कोपा अमेरिकापछि मेसी विश्वकप जित्न सफल भएका हुन् । डिएगो म्याराडोनापछि अर्जेन्टिनाले नयाँ मसीहा पाएको छ । म्याराडोनाको विरासत बोकेर मेसी सुपरस्टारबाट महान खेलाडी बनेका छन् ।

म्याराडोनाले विश्वकप जितेका थिए तर कोपा अमेरिका जित्न भने सकेनन् । मेसीले दुवै प्रतियोगिता जितेर आफ्नो करियर पूरा गरे ।