१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे

म्याराडोनाभन्दा अगाडि रहे मेसी !

म्याराडोनाभन्दा अगाडि रहे मेसी !
अ अ+ अ-

एजेन्सी । लियोनल मेसीले आफ्नो करियरमा उत्कृष्ट गोल गरेका छन् । उनले धेरै अविस्मरणीय खेल पनि खेलेका छन्, तर उनले विश्वकपमा आफ्नो उत्कृष्ट प्रदर्शनलाई बचाएर राखे । ३५ वर्षको उमेरमा जब धेरै खेलाडीहरू मैदान छोड्छन्, मेसीले भने चमत्कार गरे ।

अहिलेसम्मकै उत्कृष्ट विश्वकपको फाइनल खेलमा उनको टोलीले २०१८ को च्याम्पियन फ्रान्सलाई पराजित गर्दै ३६ वर्षपछि उपाधि उचाल्यो । यो जितसँगै मेसी अर्जेन्टिनाका नयाँ मसिहा बनेका छन् ।

सन् १९८६ मा अर्जेन्टिनाको टोलीले विश्वकप जित्दा डिएगो म्याराडोना त्यसका मसिहा बने । अर्जेन्टिनाका फुटबल फ्यानहरूले उनलाई भगवान जस्तै पुज्छन् । यस्तो लाग्थ्यो कि म्याराडोनाको स्थान कसैले पनि लिन सक्दैन । यसको कारण अर्जेन्टिनाले सन् १९८६ पछि विश्वकप जित्न नसक्नु थियो । सन् २०१४ मा मेसीले मौका पाएका थिए तर उनको टोली फाइनलमा जर्मनीसँग पराजित भयो ।

त्यसपछि कोपा अमेरिकामा पराजित भएपछि मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए । उनी क्लब स्तरमा सफल भए पनि अन्तर्राष्ट्रिय स्तरमा असफल बनेका थिए ।

कोपा अमेरिकामा टोलीको हारपछि मेसीले २०१६ मा सन्यासको घोषणा गरेका थिए । राष्ट्रपति सहित अर्जेन्टिनाका सबैले उनलाई यो निर्णय फिर्ता लिन आग्रह गरे । मेसी सन्यासबाट फर्किए र २०१८ को विश्वकपमा टोलीको नेतृत्व गरे । प्रि–क्वाटरफाइनलमा फ्रान्ससँग अर्जेन्टिना पराजित भएपछि मेसी फेरि अन्तर्राष्ट्रिय फुटबल छाड्ने मनसायमा पुगेका थिए ।

प्रशिक्षक स्कालोनीले टोलीमा परिवर्तन गरे । उनीहरूले जुलियन अल्भारेज, एन्जो फर्नान्डेज र इमिलियानो मार्टिनेजका साथै लियोनेल मेसी, एन्जेल डि मारिया र निकोलस ओटामेन्डी जस्ता खेलाडीहरूको ‘कम्बिनेसन’ बनाए । स्कालोनीको पहिलो चुनौती दक्षिण अमेरिकाको सबैभन्दा ठूलो प्रतियोगिता कोपा अमेरिका जित्नु थियो । सन् २०२१ मा उनले यसमा सफलता पाए । मेसी पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता जित्न सफल भए ।

२०२१ को कोपा अमेरिका जितेपछि स्कालोनी र मेसीको नजर २०२२ को विश्वकपमा थियो । साउदी अरेबियासँगको पहिलो खेलमा पराजित भएपछि अर्जेन्टिनाले शानदार पुनरागमन गर्यो । अष्ट्रेलिया, नेदरल्यान्ड्स र क्रोएसियालाई हराउँदै टोली फाइनलमा पुगेको थियो । निर्धारित समयमा ३–३ गोलको बराबरी खेलेपछि पेनाल्टी सुटआउटमा फ्रान्सलाई ४–२ गोलले पराजित गर्दै अर्जेन्टिना ३६ वर्षपछि च्याम्पियन बन्यो ।

मेसीको सपना अन्ततः साकार भएको छ । उनी पाँचौं प्रयासमा च्याम्पियन बने । कीर्तिमानी गोल र असिस्ट गर्दै उनले हरेक फुटबलरमा हुने सपना पूरा गरे । कोपा अमेरिकापछि मेसी विश्वकप जित्न सफल भएका हुन् । डिएगो म्याराडोनापछि अर्जेन्टिनाले नयाँ मसीहा पाएको छ । म्याराडोनाको विरासत बोकेर मेसी सुपरस्टारबाट महान खेलाडी बनेका छन् ।

म्याराडोनाले विश्वकप जितेका थिए तर कोपा अमेरिका जित्न भने सकेनन् । मेसीले दुवै प्रतियोगिता जितेर आफ्नो करियर पूरा गरे ।