२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एस संसदीय दलको नेतामा नेपाल चयन



file
अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाललाई चयन गरेको छ ।

सोमवार बसेको पार्टीको बैठकले अध्यक्ष नेपाललाई संसदीय दलको नेतामा चयन गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा पार्टीका महासचिव वेदुराम भुसालले संसदीय दलको नेताको प्रश्तावमा संसदीय दलको उपनेतामा उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे र दलको सचेतकमा उप–महासचिव प्रकाश ज्वालालाई चयन गरेको बताउनु भयो ।

महासचिव भुसालले पार्टी अहिले सरकारमा जाने पक्षमा रहेको पनि बताउनु भयो । उहाँले गठबन्धनको सरकारमा जाने निर्णय पार्टीले गरेपनि कसको नेतृत्वमा कसरी जाने भन्ने विषयमा छलफल नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको पहिलो बैंठक सम्पन्न भएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपाललाई सर्वसहमतिले संसदीय दलको नेता चयन गरिएको छ । संसदीय दलको उपनेतामा पार्टीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेलाई चयन गरेका छौं ।

त्यस्तै,संसदीय दलको नेताको सचेतक पनि तोक्नुभएको छ । सचेतकमा पार्टीका उपमहासचिव प्रकाश ज्वालालाई तोकिएको छ । सरकारमा जाने विषयमा छलफल भएको छैन । हिजो मात्रै पार्टी सचिवालयको बैंठक बसेका छौं । बैठकले अहिलेकै गठबन्धनलाई अगाडि बढाएर जाने पक्षमा छौं । गठबन्धमा आवश्यक छलफल बढाउने र अन्य दलहरुसँग पनि छलफल गर्ने निर्णय भएको छ । त्यो निर्णयलाई संसदीय दलको बैठकले समर्थन जनाएको छ । सरकारमा जाने पक्षमा छौं ।’

महासचिव भुसालले आईतवार पार्टीको सचिवालय बैठकले गठबन्धमा आवश्यक छलफल बढाउने र अन्य दलहरुसँग पनि छलफल गरेर सरकारमा जाने निर्णय गरेको बताउनु भयो ।