१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे

गठबन्धनलाई बहुमत पुर्‍याइदिन्छौँ तर मधेसको मुख्यमन्त्रीमा हाम्रो दाबी हुन्छ : सीके राउत

गठबन्धनलाई बहुमत पुर्‍याइदिन्छौँ तर मधेसको मुख्यमन्त्रीमा हाम्रो दाबी हुन्छ : सीके राउत
file
अ अ+ अ-

काठमाडौँ। जनमत पार्टीका अध्यक्ष सीके राउतले सत्ता गठबन्धनबाट जो प्रधानमन्त्री बने पनि नपुग सिट पुर्याउन आफ्नो पार्टी तयार रहेको बताउनुभएको छ । निर्वाचन आयोगले आयोजना गरेको जलपान समारोहमा उहाँले गठबन्धनबाट को प्रधानमन्त्री बन्ने भन्नेबारे आफ्नो पार्टीले कसैलाई नरोज्ने बताउनुभयो ।

नेतृत्व रोज्ने काम गठबन्धनकै रहेको उहाँको भनाइ थियो । उहाँले केन्द्र सरकारमा आफ्नो पार्टी सहभागी हुन तयार रहेको उल्लेख गर्दै मधेश प्रदेशमा आफ्नो पार्टीको निर्णायक मत रहेकाले मुख्यमन्त्रीमा आफ्नो पार्टीको दाबी रहेको बताउनुभयो ।

उहाँले मधेशमा जनमत पार्टीलाई हेरौँ भन्ने चाहेको उल्लेख गर्नुभयो । गठबन्धनसँग आफ्नो पार्टी घनिभूत छलफलमा रहेको तर निष्कर्षमा नपुगेको बताउँदै उहाँले भन्नुभयो, “गठबन्धनका नेताहरुसँग घनिभूत छलफल भइरहेको छ, सहमति नजिक छौँ, जोबाट हाम्रो माग सम्बोधन हुन्छ उसैलाई समर्थन गर्छौं त्यसैले अरु विकल्प पनि खुला छन् ।”