३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

वामपन्थी सरकार बनाउने भन्ने कुरा अलमल्याउन मात्र हो– माधव नेपाल



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वामपन्थी शक्ति मिलेर सरकार बनाउने कुरा अलमल्याउनलाई मात्र भनिएको बताउनुभएको छ । सोमबार पार्टीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यलाई बधाई दिन आयोजित कार्यक्रममा उहाँले गठबन्धन छोडेर नभएको गठबन्धनमा जाँदा घर न घाटको हुनसक्ने बताउनुभयो ।

कसैले गैरवामपन्थी सरकार बनाउने कुरा गरेका छन् त्यो खयाली पुलाव मात्र हो भन्दै उहाँले भन्नुभयो, “कसैले वामपन्थीको सरकार बनाउने कुरा सोचिरहेको छ, त्यो पनि अलमल्याउने कुरामात्र हो । यस्ता कुरालाई सजिलो गरी पत्याउन सक्तैनौँ ।” भएकाको विश्वास गुमाउने अनि हुँदै नभएकाको विश्वास गरेर घर न घाटको हुने गल्ती गर्न नहुने उहाँको भनाइ थियो ।

अध्यक्ष नेपालले अहिले नै नेकपा (एमाले) सँग मेलमिलाप हुन सक्ने सम्भावना नरहेको संकेत गर्नुभयो । “एकातर्फ हामीले मित्रहरुको खोजी र पहिचान पनि गर्नुपर्छ भने अर्कोतिर मान्छेमा परिवर्तन र रुपान्तरण भइरहेको छ र आत्मालोचना देखिएको छ, साँच्चै सुध्रिएको अवस्था देखिएको छ भने आग्रह पालेर नबस्ने, यो दुईवटै कुरामा उत्तिकै ध्यान दिएर चल्नुपर्छ”, उहाँले भन्नुभयो ।

अध्यक्ष नेपालले अहिलेकै गठबन्धन कायम राख्ने भनेर संयुक्त वक्तव्य जारी गरिसकेकाले गठबन्धनकै सरकार बन्ने बताउनुभयो । “गठबन्धन हामी कायम राख्नेछौँ, गठबन्धन दलका नेताले सँगसँगै जाने संयुक्त वक्तव्य जारी गरिसकेका छौँ । गठबन्धनकै सरकार बन्ने आशा गरेका छौँ” अध्यक्ष नेपालले भने, ‘गठबन्धन दलका अरु पार्टी र पार्टीभित्रका नेताहरुमा अहंकार छ र उनीहरुलाई चाहिएको छैन भने जस्तो परिस्थिति आइलाग्छ, त्यसको सामना गर्न हामी तयार छौँ ।

” अध्यक्ष नेपालले आफ्ना सांसद तथा पार्टीका नेताहरुलाई बजारमा चलेका हल्लाको पछाडि नलाग्न आग्रह गर्नुभयो । बजारमा फैलिएका हल्लाको पछाडि नलागी सबै कुरामाथि गहिरो विश्लेषण गर्नुपर्छ भन्दै उहाँले भन्नुभयो, “भित्रभित्र चलिरहेका अनेक खेलहरु थाहा पाउन सक्नुुपर्छ । सबै कुराप्रति सजग हुनुपर्छ, तर हल्लाका पछि पनि जान भएन ।”