२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्यराज्यमन्त्री श्रेष्ठद्वारा पद तथा गोपनीयताको सपथग्रहण



अ+ अ-

काठमाडौं । नवनियुक्त स्वास्थ्यराज्यमन्त्री उमेश श्रेष्ठले सपथग्रहण गरेका छन् ।

उनलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिषरिषद् कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको सपथ गराएका हुन् ।

संविधानतः राज्यमन्त्रीलाई प्रधानमन्त्रीले सपथ खुवाउने व्यवस्था रहेकोले सपथ समारोह शीतल निवासमा नरही सिंहदरबारमा राखिएको हो । सपथ समारोहमा देउवा मन्त्रिमण्डलका सदस्यहरूको उपस्थिती रहेको थियो ।