• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   गुल्मीमा ट्रयाक्टर दुर्घटना हुँदा बालकको मृत्यु, दुईजना घाइते ★   तीन करोड ५७ लाखमा पक्की पुल निर्माण ★   सीतापाइलास्थित कल्भर्टमा कार खस्दा चालकको मृत्यु ★   ठाउँठाउँमा पहिरो खस्दा कर्णाली करिडोर अवरुद्ध ★   पुन: वामपन्थी एकताको प्रक्रियातिर अघि बढिसक्यौँ: प्रधानमन्त्री ★   काठमाडौं प्रहरी प्रमुख रजौरेद्वारा नयाँबानेश्वर वृत्तको निरीक्षण ★   मदन भण्डारीको ७३औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै ★   अध्यक्षमा माधव र घनश्यामबीच प्रतिस्पर्धा निश्चित ★   म्याग्दीको मङ्गलामा ‘लिफ्ट’ प्रविधिको सिँचाइ आयोजना निर्माण ★   बैङ्ककमा पर्यटन प्रवर्द्धन कार्यक्रम

मेसीले तत्काल राष्ट्रिय टिमबाट सन्यास नलिने



एजेन्सी । विश्व विजेता अर्जेन्टिनी कप्तान लियोनल मेसीले तत्काल राष्ट्रिय टिमबाट सन्यास नलिने बताएका छन् । फ्रान्सलाई हराउँदै उपाधि जितेपछि मेसीलाई राष्ट्रिय टिमबाट आगामी यात्राबारे अर्जेन्टिनी सञ्चारमाध्यमले प्रश्न सोधेका थिए ।

मेसीले जवाफमा ‘म फुटबललाई माया गर्छु’ भने । ३५ वर्षीय मेसीले राष्ट्रिय टिमबाट खेल्दा रमाइरहेको र विश्व विजेताका रुपमा अझै केही खेल खेल्न चाहेको बताए । यस्तै उनले करियरको अन्त्य यसैगरी गर्न चाहेको समेत उल्लेख गरे ।

मेसीको यो पाँचौ विश्वकप हो । फाइनल अघिनै मेसीले फ्रान्सविरुद्धको खेलसँगै विश्वकप यात्रा सकिने बताएका थिए । आगामी २०२६ को विश्वकपमा मेसी ३९ वर्षका हुनेछन् । अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले चार वर्षपछिको विश्वकपमा पनि मेसीलाई टिममा राख्ने प्रतिक्रिया जनाएका छन् ।

मेसीसँग खेल्न पाउनु र उनलाई प्रशिक्षण गर्न पाउनु आफ्ना लागि गर्वको कुरा भएको स्कालोनी बताउँछन् ।

२०१६ मा अन्तर्राष्ट्रिय फुटबलबाट लिएको सन्यास फिर्ता लिन स्कालोनीले नै मेसीलाई आग्रह गरेका थिए । कोपा अमेरिकामा टोलीको हारपछि मेसीले सन्यासको घोषणा गरेका थिए ।

राष्ट्रपतिसहित अर्जेन्टिनाका सबैले उनलाई यो निर्णय फिर्ता लिन आग्रह गरे । मेसी सन्यासबाट फर्किए र २०१८ को विश्वकपमा टोलीको नेतृत्व गरे । यद्यपि, त्यसबेला अर्जेन्टिना प्रि–क्वाटरफाइनलमा फ्रान्ससँग पराजित भएपछि मेसी फेरि अन्तर्राष्ट्रिय फुटबल छाड्ने मनसायमा पुगेका थिए ।