१८ भाद्र २०८३, बिहीबार
,
Latest
कचनकवल गाउँपालिकाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २९ लाख सहयोग भोटेकोशी बाढीपीडितका लागि तनहुँ उद्योग वाणिज्य संघको १ लाख ५६ हजार सहयोग भोटेकोशी बाढीः मिथिला नगरपालिकाको ४१ लाख सहयोग भोटेकोशी बाढीः हेटौँडाका शैक्षिक संस्थाबाट ३२ लाख सहयोग डडुवाका किसान तरकारीखेतीमा : पहिले किनेर खान्थे, अहिले बिक्री गरेर कमाउन थाले प्रहरीबाट अवकाशपछि कृषि पेसामा रमाइरहेका विष्ट भोटेकोशी बाढीः कञ्चनपुरबाट एक करोड ३२ लाख बढी सहयोग कञ्चनपुरका सात पालिकामा सार्वजनिक बिदा भोटेकोशी बाढी: आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्नेलाई काउन्सिलको कारबाही जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते



symbolic picture
अ+ अ-

कञ्चनपुर । पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने कृष्णपुर नगरपालिकाको लालझाडी वन क्षेत्रमा गए राति भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार म२प ६१८९ नम्बरको स्कुटरलाई सुपप्र ०१००८ प १५८७ नम्बरको मोटरसाइकलले ‘ओभरटेक’ गर्दा से२प ८२० नम्ब– ८ बेलडाँडीका अन्दाजी २६ वर्षीय कृष्णसिंह साउँदको मृत्यु भएको छ ।

दुर्घटनामा परी घाइते भएका साउदलाई प्रहरीको सहयोगमा कैलालीको माया मेट्रो अस्पतालमा उपचारका लागि पुर्याउँदै गर्दा मृत्यु भएको प्रहरी निरीक्षक सिंहले बताउनुभयो । ट्र्याक्टरमा सवार कैलालीको घोडाघोडी नगरपालिका पहलमानपुरका चार जना महिला र स्कुटर चालक वेदकोट नगरपालिका–३ का कोमलबहादुर सिंह घाइते भएका छन् । घाइतेको कृष्णपुरस्थित स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।

घाइते पाँचै जनाको अवस्था सामान्य रहेको प्रहरीको भनाइ रहेको छ । ट्र्याक्टर र चालकलाई इलाका प्रहरी कार्यालय गुलरियाले नियन्त्रणमा लिएको छ ।