२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्रान्सलाई हराउँदै अर्जेन्टिना च्याम्पियन



अ+ अ-

काठमाडौँ । फिफा विश्वकप २०२२ को उपाधि अर्जेन्टिनाले जितेको छ । आइतबार कतारको लुसाइल रंगशालामा सम्पन्न फाइनल खेलमा टाईब्रेकरमा फ्रान्सलाई ४-२ गोलले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो । निर्धारित समयसम्म खेल ३-३ को बराबरी भएपछि खेल टाईब्रेकरमा गएको हो ।

अर्जेन्टिनाको तर्फबाट मेसी, पाब्लो डिबाला, पेरेडेज र मोन्टियलले गोल गरे । फ्रान्सका लागि एम्बाप्पे र जेरोनिमो रुलीले मात्र गोल गरे भने कोमान र चोउमेनीले पेनाल्टी मिस गरे ।

टाईब्रेकर अघि अर्जेन्टिनाका लागि लियोनल मेसीले दुई गोल गरे भने डि मारियाले एक गोल गरे । फ्रान्सका लागि किलियन एम्बाप्पेले ह्याट्रिक गरे ।

अर्जेन्टिनाका लागि खेलको २३ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै कप्तान लियोनल मेसीले सुरुवाती अग्रता दिलाए । फ्रान्सका ओस्मान डेम्बेलेले डि मारियालाई डी बक्सभित्र लडाएपछि रेफ्रीले अर्जेन्टिनालाई पेनाल्टी दिएका थिए ।

३६ औं मिनेटमा डि मारियाले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे । लियोनल मेसीले मार्क एलिस्टरलाई चलाखीपूर्ण पास दिए । त्यसपछि एलिस्टरले मार्कमा रहेका डि मारियालाई बल उपलब्ध गराए । डि मारियाले उक्त बललाई गोलमा परिणत गरे ।

दोस्रो हाफमा फ्रान्स खेलमा फर्कियो । ८० औं मिनेटमा एम्बाप्पेले पेनाल्टीमा गोल गर्दै फ्रान्सलाई २-१ को स्थितीमा ल्याए । त्यसको दुई मिनेटपछि अर्थात् ८२ मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई बराबरीमा ल्याए । निर्धारित समयसम्म खेल २-२ को बराबरीमा रहँदा खेल अतिरिक्त समयमा धकेलियो ।

१०९ औं मिनेटमा लियोनल मेसीले गोल गर्दै खेल ३-२ को अवस्थामा लगे । तर, ११७ औं मिनेटमा किलियन एम्बाप्पेले पेनाल्टीमा गोल गर्दै खेललाई ३-३ को अवस्थामा ल्याएका थिए । यो अर्जेन्टिनाको समग्रमा तेस्रो उपाधि हो । यसअघि १९७८ र १९८६ मा अर्जेन्टिनाले विश्वकप उपाधि जितेको थियो ।