३ भाद्र २०८३, बुधबार
,
Latest
नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्रान्सलाई हराउँदै अर्जेन्टिना च्याम्पियन



अ+ अ-

काठमाडौँ । फिफा विश्वकप २०२२ को उपाधि अर्जेन्टिनाले जितेको छ । आइतबार कतारको लुसाइल रंगशालामा सम्पन्न फाइनल खेलमा टाईब्रेकरमा फ्रान्सलाई ४-२ गोलले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो । निर्धारित समयसम्म खेल ३-३ को बराबरी भएपछि खेल टाईब्रेकरमा गएको हो ।

अर्जेन्टिनाको तर्फबाट मेसी, पाब्लो डिबाला, पेरेडेज र मोन्टियलले गोल गरे । फ्रान्सका लागि एम्बाप्पे र जेरोनिमो रुलीले मात्र गोल गरे भने कोमान र चोउमेनीले पेनाल्टी मिस गरे ।

टाईब्रेकर अघि अर्जेन्टिनाका लागि लियोनल मेसीले दुई गोल गरे भने डि मारियाले एक गोल गरे । फ्रान्सका लागि किलियन एम्बाप्पेले ह्याट्रिक गरे ।

अर्जेन्टिनाका लागि खेलको २३ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै कप्तान लियोनल मेसीले सुरुवाती अग्रता दिलाए । फ्रान्सका ओस्मान डेम्बेलेले डि मारियालाई डी बक्सभित्र लडाएपछि रेफ्रीले अर्जेन्टिनालाई पेनाल्टी दिएका थिए ।

३६ औं मिनेटमा डि मारियाले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे । लियोनल मेसीले मार्क एलिस्टरलाई चलाखीपूर्ण पास दिए । त्यसपछि एलिस्टरले मार्कमा रहेका डि मारियालाई बल उपलब्ध गराए । डि मारियाले उक्त बललाई गोलमा परिणत गरे ।

दोस्रो हाफमा फ्रान्स खेलमा फर्कियो । ८० औं मिनेटमा एम्बाप्पेले पेनाल्टीमा गोल गर्दै फ्रान्सलाई २-१ को स्थितीमा ल्याए । त्यसको दुई मिनेटपछि अर्थात् ८२ मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई बराबरीमा ल्याए । निर्धारित समयसम्म खेल २-२ को बराबरीमा रहँदा खेल अतिरिक्त समयमा धकेलियो ।

१०९ औं मिनेटमा लियोनल मेसीले गोल गर्दै खेल ३-२ को अवस्थामा लगे । तर, ११७ औं मिनेटमा किलियन एम्बाप्पेले पेनाल्टीमा गोल गर्दै खेललाई ३-३ को अवस्थामा ल्याएका थिए । यो अर्जेन्टिनाको समग्रमा तेस्रो उपाधि हो । यसअघि १९७८ र १९८६ मा अर्जेन्टिनाले विश्वकप उपाधि जितेको थियो ।