२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप फाइनलः पहिलो हाफ सकिँदा अर्जेन्टिना २-० ले अघि



अ+ अ-

काठमाडौँ । फिफा विश्वकप २०२२ अन्तर्गत अर्जेन्टिनाले पहिलो हाफ सकिँदा फ्रान्सविरुद्ध अग्रता बनाएको छ ।

कतारको लुसाइल रंगशालामा जारी फाइनल खेलमा अर्जेन्टिनाले पहिलो हाफ सकिँदा २-० गोलको अग्रता बनाएको हो ।

अर्जेन्टिनाका लागि खेलको २३ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै कप्तान लियोनल मेसीले सुरुवाती अग्रता दिलाए । फ्रान्सका ओस्मान डेम्बेलेले डि मारियालाई डी बक्सभित्र लडाएपछि रेफ्रीले अर्जेन्टिनालाई पेनाल्टी दिएका थिए ।

३६ औं मिनेटमा डि मारियाले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे । लियोनल मेसीले मार्क एलिस्टरलाई चलाखीपूर्ण पास दिए । त्यसपछि एलिस्टरले मार्कमा रहेका डि मारियालाई बल उपलब्ध गराए । डि मारियाले उक्त बललाई गोलमा परिणत गरे ।