२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

खोप लाई उच्च प्राथामिकतामा राख्नेछुः स्वास्थ्यराज्यमन्त्री श्रेष्ठ

खोप लाई उच्च प्राथामिकतामा राख्नेछुः स्वास्थ्यराज्यमन्त्री श्रेष्ठ
अ अ+ अ-

काठमाडौं । नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले गरीब जनतालाई कोरोना खोपको आवश्यक व्यवस्था गर्ने कामलाई आफूले उच्च प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । 

सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा आईतबार अपरान्ह पद तथा गोपनियताको सपथ ग्रहण गरेलगत्तै उहाँले संचारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै गरिव जनतालाई कोरोना खोपको आवश्यक व्यवस्था गर्ने कामलाई आफूले पहिलो प्राथमिकता दिने बताउनु भयो । राज्यमन्त्री श्रेष्ठले कोरोनाको तेस्रो लहर आउन नदिने विषयमा विज्ञहरुसँग छलफल गरी अल्पकालीन र दीर्घकालीन योजना बनाई अघि बढने जानकारी समेत दिनुभयो । 

काठमाडौं उपत्यका बाहिर कोरोना खोपको आवश्यक्त व्यवस्था मिलाउने नवनियुक्त राज्यमन्त्री श्रेष्ठको योजना छ । “गरिव भन्दा गरिव जनताले कसरी स्वास्थ्य सेवा पाउन सक्छन ? मेरो पहिलो प्राथमिकता भनेको कोरोना विरुद्धको खोप हो । त्यसको आवश्यक व्यवस्था मिलाउने छु । त्यसै गरी कोरोनाको तेस्रो लहर लाग्न नदिन विज्ञहरुसँग छलफल गरी अल्प कालीन र दीर्घकालीन योजना बनाएर अघि बढनेछु । काठमाडौं उपत्यका बाहिर पनि खोपको आवश्यक व्यवस्था गर्न लागिपर्नेछु ।”

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले सपथग्रहण गरेलगत्तैै मन्त्रालयका पुगेर पदभार ग्रहण समेत गर्नु भयो । राष्ट्रपति विद्या भण्डारीले यस अघि प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा उहाँलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गर्नु भएको थियो ।