२८ भाद्र २०८३, आईतवार
,
Latest
ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो अस्करमा नेपालको प्रतिनिधित्व गर्ने ‘तिनीहरू’लाई प्रधानमन्त्री शाहको बधाई बाढीमा बगेका विद्यालय चलाउन ठाउँकै पिरलो एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन उपलब्धि एआई प्रविधिबाट ट्राफिक व्यवस्थापन गर्न प्रहरी प्रमुख कार्कीको जोड पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ एमाले कार्यदलको विवाद मिलाउन काभ्रेमा आवासीय बैठक माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ



अ+ अ-

दाङ । शान्तिनगर गाउँपालिका-४ बस्ने ७५ वर्षीय मोहनलाल न्यौपानेलाई श्रीमतीको हत्या गरेको अभियोगमा आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

घरायसी विवादका कारण मोहनलालले श्रीमती ६९ वर्षीया भगवती न्यौपानेलाई शुक्रबार दिउँसो कुटपिट गर्दा गम्भीर घाइते भई भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी चिराघाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।