२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्मला पन्तको हत्यारा छिटो पत्ता लगाउन प्रम देउवाको निर्देशन



अ+ अ-

काठमाडौ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले तीन वर्ष अघि बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्यारा छिटो भन्दा छिटो पत्ता लगाई दोषी लाई कारबाही गर्न  सरोकारवाला निकायलाई निर्देशन दिनु भएको छ ।

निर्मला पन्तको हत्या भएको तीनबर्ष पुगेको दिन प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाँड र प्रहरी महानिरिक्षक शैलेस  थापा संग अहिलेसम्म भएको अनुसन्धानबारे जानकारी लिदै चाँडोभन्दा चाँडो दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन दिनु भएको हो ।