२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय समितिमा सबै सांसद समान हुन् , मलाई बाहिर जान निर्देशन दिने नेपालको हैसियत के हो ? : सांसद राना



अ+ अ-

काठमाडौ । संसदको अन्तर्राष्ट्रिय सम्वन्ध समितिको बैठकमा आफू माथी अर्का सांसद माधब कुमार नेपालले गर्नु भएको व्यबहारको अडियो रेकर्ड माग गर्दा सांसद नारादमुनी रानाले संसद सचिवालयमा पत्र दर्ता गराउनु भएको छ 

संसद सचिवालयका महासचिव महासचिवलाई पत्र लेख्दै रानाले बैठकको श्रव्यदृष्य सामग्री उपलब्ध गराउन आग्रह गर्नुभएको हो  । रानाको पत्रमा महाससचिबले तोक लगाएपनि बिभिन्न बहानामा श्रव्यदृष्य  सामग्री उपलब्ध नगराएको रानाले जानकारी दिनुभयो ।  

संसद र समितिका बैठकहरुको श्रव्यदृष्य  सामग्री पाउने अधिकार भएपनि उपलब्ध नगराउने षडयन्त्र भएको उहाँले बताउनु भयो । उहाँले  अर्का सांसद नेपाल बाट अधिनायकवादी , सामन्ती सोचको कार्य भएको उहाँले प्रंतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो बोलाउने तर बोल्ने बेलामा चर्काचर्की गर्ने  , बोल्न समेत नदिने ,  राजिनामा माग्ने कार्य अधिनायकवाद, दादागिरि शैलीमा अभद्र ब्यवहार भएको रानाले न्यूज पोलारलाई बताउनु भयो । 

सासंद नेपाल पूर्बप्रधानमन्त्री एबं नेकपा एमालेका बरिष्ठ नेता समेत हुनुहुन्छ ।