२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पार्टी एकजुट हुनुको विकल्प छैन’



अ+ अ-

काठमाडौं । एमालेका वरिष्ठ नेता माधव नेपाल समुहको स्थायी कमिटी सदस्यले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिले बेला मौकामा आशंका जन्माए पनि एकताको विकल्प नरहेको धारणा राखेका छन्। वरिष्ठ नेता नेपाल समुहको स्थायी कमिटी बैठकमा उनीहरूले पार्टी यस्तो धारणा राखेका हुन् । 

‘पार्टी एकताको लागि नै हामी सम्पूर्ण रुपमा लाग्नुपर्छ भन्ने सबैको धारणा छ। कसरी गर्ने भन्नेमा गृहकार्य गर्ने भन्नेमै हामी जानुपर्छ,’ ज्ञवालीले भने, ‘विभिन्न किसिमका अभिव्यक्ति आएका छन्। अभिव्यक्तिभन्दा पार्टी एकता ठूलो हो। अभिव्यक्ति दिनेले आफ्नो संस्कार र स्तर देखाउने हो। तर मुलभूत रूपमा एकता मुख्य काम हो त्यसका लागि एकजुट हुनपर्छ।'

आइतबार बसेको नेपाल समुहको बैठकमा उपाध्यक्ष भीम रावल, युवराज ज्ञवाली, सचिव गोकर्ण विष्ट, योगेश भट्टराई, स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे र वेदुराम भुसालले आफ्ना धारणा राखेका थिए।

आज बसेको नेपाल पक्षको स्थायी कमिटी बैठकले विभिन्न विषयमा छलफल भएको भए पनि सबैको निश्कर्ष पार्टी एकतामै रहेको एमाले उपाध्यक्ष युवराज ज्ञवालीले बताए। बैठक सोमबार फेरि बस्ने भएको छ । 

कार्यदलले अनौपचारिक रूपमा काम गरिरहेको र त्यसले १० बुँदेलाई कार्यान्वयनमा लैजानेबारे छलफल गरिरहेको उनले बताए।