२० असार २०८३, शनिबार
,
Latest
घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज परिषद्द्वारा उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व संकलन कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश सरकारको १०० दिनः सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल ‘कर्णाली प्रदेश खानेपानी तथा सरसफाइ विधेयक’माथि छलफल बागमती नदीमा डेब्रिज थुप्रिनु काठमाडौँ डुबानको मुख्य कारण वन उद्यममा जोडिँदै नवलपुरका महिला
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पार्टी एकजुट हुनुको विकल्प छैन’



अ+ अ-

काठमाडौं । एमालेका वरिष्ठ नेता माधव नेपाल समुहको स्थायी कमिटी सदस्यले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिले बेला मौकामा आशंका जन्माए पनि एकताको विकल्प नरहेको धारणा राखेका छन्। वरिष्ठ नेता नेपाल समुहको स्थायी कमिटी बैठकमा उनीहरूले पार्टी यस्तो धारणा राखेका हुन् । 

‘पार्टी एकताको लागि नै हामी सम्पूर्ण रुपमा लाग्नुपर्छ भन्ने सबैको धारणा छ। कसरी गर्ने भन्नेमा गृहकार्य गर्ने भन्नेमै हामी जानुपर्छ,’ ज्ञवालीले भने, ‘विभिन्न किसिमका अभिव्यक्ति आएका छन्। अभिव्यक्तिभन्दा पार्टी एकता ठूलो हो। अभिव्यक्ति दिनेले आफ्नो संस्कार र स्तर देखाउने हो। तर मुलभूत रूपमा एकता मुख्य काम हो त्यसका लागि एकजुट हुनपर्छ।'

आइतबार बसेको नेपाल समुहको बैठकमा उपाध्यक्ष भीम रावल, युवराज ज्ञवाली, सचिव गोकर्ण विष्ट, योगेश भट्टराई, स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे र वेदुराम भुसालले आफ्ना धारणा राखेका थिए।

आज बसेको नेपाल पक्षको स्थायी कमिटी बैठकले विभिन्न विषयमा छलफल भएको भए पनि सबैको निश्कर्ष पार्टी एकतामै रहेको एमाले उपाध्यक्ष युवराज ज्ञवालीले बताए। बैठक सोमबार फेरि बस्ने भएको छ । 

कार्यदलले अनौपचारिक रूपमा काम गरिरहेको र त्यसले १० बुँदेलाई कार्यान्वयनमा लैजानेबारे छलफल गरिरहेको उनले बताए।