• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   गैँडाको खाग खरिदबिक्रीमा संलग्न भएको आरोपमा छ जना पक्राउ ★   घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   संसदमा विकसित घटनाक्रमहरु सुख्द छैनन्: अध्यक्ष नेपाल ★   गृहमन्त्रीको नाम उल्लेख गरेर छानबिन समिति बनाउने कार्यदलमा सहमति ★   चिनियाँसँग नक्कली विवाह गराएर महिलाको बिक्री, एक जना पक्राउ ★   नेपाल–भारत सीमा क्षेत्रबाट ‘पिकअप भ्यान’सहित अवैध सामान बरामद ★   कार्यदलको बैठक: नाम किटान गर्नु नहुने सत्ता पक्षको जोड, मागबाट पछि नहट्ने काँग्रेसको अडान ★   सानीभेरीका युवा लेखा अधिकृत बमकाजी शेर्पाले चढे सगरमाथा (फोटो फिचर) ★   प्रतिनिधिसभा बैठक बस्दै, कांग्रेसले अवरोध जारी राख्ने ★   जलवायु परिवर्तनका क्षेत्रमा बेलायतले नेपाललाई सघाउने

नेप्से परिसूचक २७ अङ्कले घट्यो



काठमाडौँ । साताको पहिलो दिन पुँजी बजारमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दशमलव ५४ अङ्कले घटेर एक हजार आठ सय ५५ दशमलव ०६ अङ्कमा कायम भएको छ ।

नेप्सेका अनुसार आज दुई सय ५० वटा कम्पनीको ३७ लाख ७८ हजार कित्ता सेयर २६ हजार छ सय ६१ पटक खरिद बिक्री हुँदा रु एक अर्ब १५ करोड ७१ लाख ५५ हजार बराबरको कारोबार भएको छ ।

आजको कारोबारपछि सबै समूहको उपसूचकमा रातो देखिएको छ । सबैभन्दा धेरै विकास बैंक समूह ६८ दशमलव ८७ र निर्जीवन बिमा समूह ६७ दशमलव ०८ अङ्कले घटेको छ ।

त्यस्तै बैंकिङ समूह १९ दशमलव ५८, वित्त समूह ४३ दशमलव ९३, होटल तथा पर्यटन समूह २५ दशमलव ३५, जलविद्युत् समूह ४० दशमलव ५३ र जीवन बीमा समूह ४० दशमलव ३६ अङ्कले घटेको छ । वित्त समूह ५६ दशमलव २६, व्यापार समूह चार दशमलव ७१, म्युचुअल फण्ड समूह शून्य दशमलव ११ र अन्य समूह ३२ दशमलव ३० अङ्कले घटेको नेप्सेले जनाएको छ ।

आज सबैभन्दा धेरै इस्टर्न हाइड्रोपावर लिमिटेडको शेयर २६ दशमलव १० अङ्कले बढेको छ । रुरु जलविद्युत् परियोजना लिमिटेड र पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

कारोबार भएका शेयर सङ्ख्या र कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै कृषि विकास बैंक लिमिटेडको रु छ करोड २५ लाख ११ हजार चार सय ३६ बराबरको दुई लाख एक हजार नौ सय ३९ कित्ता शेयर खरिद बिक्री भएको छ ।