१८ फाल्गुन २०८१, आईतवार
March 2, 2025 Sunday

21.27°C

काठमाडौं

21.27°C

Kathmandu

Feels-like: 20.58

Wind: 5.14

Humidity: 43

Latest
प्रधानमन्त्रीलाई प्रचण्डको सुझावः स्वमूल्यांकन गरेर प्रधानमन्त्री छोड्नुस् अमेरिकी विदेश नीति परिवर्तन रुसको दृष्टिकोणसँग मिल्दोजुल्दो छ– क्रेमलिन केपी ओली कपको उपाधिमा मच्छिन्द्र र आर्मीको दाबी ‘नशा नशामा, रगत रगतमा’ गीत गाएर भाइरल भएकी राधा बादीको मृत्यु नागरिक लगानी कोषका सहभागीहरूलाई र शहीद गंगालाल राष्ट्रिय ह्दय केन्द्रमा विशेष छुट सय रुपैयाँको रिचार्ज किन्दा ५० पैसा बीमा कोषमा जाने व्यवस्था गर्नुपर्छः स्वास्थ्यमन्त्री पौडेल तीन वर्षदेखि धुलिखेल–खावा खण्डमा यात्रा गर्न सास्ती अज्ञात रोगले बङ्गुर मर्न थालेपछि किसान चिन्तित ट्राफिक व्यवस्थापन गर्न १८० जना नगर प्रहरीलाई १५ दिने तालिम सुरु च्याम्पियन्स ट्रफीः ग्लेन फिलिप्सले लिए कोहलीको उत्कृष्ट क्याच
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक २७ अङ्कले घट्यो



अ+ अ-

काठमाडौँ । साताको पहिलो दिन पुँजी बजारमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दशमलव ५४ अङ्कले घटेर एक हजार आठ सय ५५ दशमलव ०६ अङ्कमा कायम भएको छ ।

नेप्सेका अनुसार आज दुई सय ५० वटा कम्पनीको ३७ लाख ७८ हजार कित्ता सेयर २६ हजार छ सय ६१ पटक खरिद बिक्री हुँदा रु एक अर्ब १५ करोड ७१ लाख ५५ हजार बराबरको कारोबार भएको छ ।

आजको कारोबारपछि सबै समूहको उपसूचकमा रातो देखिएको छ । सबैभन्दा धेरै विकास बैंक समूह ६८ दशमलव ८७ र निर्जीवन बिमा समूह ६७ दशमलव ०८ अङ्कले घटेको छ ।

त्यस्तै बैंकिङ समूह १९ दशमलव ५८, वित्त समूह ४३ दशमलव ९३, होटल तथा पर्यटन समूह २५ दशमलव ३५, जलविद्युत् समूह ४० दशमलव ५३ र जीवन बीमा समूह ४० दशमलव ३६ अङ्कले घटेको छ । वित्त समूह ५६ दशमलव २६, व्यापार समूह चार दशमलव ७१, म्युचुअल फण्ड समूह शून्य दशमलव ११ र अन्य समूह ३२ दशमलव ३० अङ्कले घटेको नेप्सेले जनाएको छ ।

आज सबैभन्दा धेरै इस्टर्न हाइड्रोपावर लिमिटेडको शेयर २६ दशमलव १० अङ्कले बढेको छ । रुरु जलविद्युत् परियोजना लिमिटेड र पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

कारोबार भएका शेयर सङ्ख्या र कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै कृषि विकास बैंक लिमिटेडको रु छ करोड २५ लाख ११ हजार चार सय ३६ बराबरको दुई लाख एक हजार नौ सय ३९ कित्ता शेयर खरिद बिक्री भएको छ ।