२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

किसानका धान खरिद गर्दै सरकार



फाईल फोटो
अ+ अ-

दोधारा चाँदनी । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले बिहीबारदेखि किसानसँग धान खरिद सुरु गरेको छ । यस वर्ष कम्पनीले ढिलोगरी धान खरिद सुरु गरेको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरका शाखा प्रमुख तपेन्द्रप्रसाद उपाध्यायले सरकारले धानको समर्थन मूल्य तोकेअनुरूप कञ्चनपुरमा पनि किसानबाट धान खरिद सुरु गरिएको बताउनुभयो ।

कम्पनीले यस वर्ष कञ्चनपुरमा नौ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको उहाँले बताउनुभयो । “गत वर्ष सात हजार क्विन्टल धान खरिद गरेका थियौँ यो वर्ष नौ हजार क्विन्टल खरिद गर्ने लक्ष्य लिएका छौँ”, उहाँले भन्नुभयो, “अहिलेसम्म एक सय ५१ क्विन्टल धान खरिद गरिसकेका छौँ भने बाँकी धान आउनेक्रम जारी छ ।” उहाँले सरकारले धानको मूल्य समयमै तोकेको भए पनि निर्वाचनलगायतका कारणले ढिलो भएको बताउनुभयो ।

यता किसानले भने आफूहरु विगतदेखि नै मारमा पर्ने गरेको गुनासो गरेका छन् । कञ्चनपुरको बेदकोट नगरपालिका–६ का हरिकृष्ण भट्टले सरकारले समयमै धान खरिद नगर्दा किसानलाई भण्डारण गर्न समस्या हुने गरेको बताउनुभयो ।

“सरकारले समयमा खरिद गर्दैन किसानबाट व्यापारीले धान सस्तोमा खरिद गरेर महँगोमा बेच्छ”, उहाँले भन्नुभयो, “हामीसँग भण्डारण गर्ने क्षमता हुँदैन धान बिग्रिने सम्भावना हुन्छ ।” उहाँले सरकारले बिचौलियालाई निरुत्साहित गर्न पनि किसानको धान समयमै खरिद गर्नुुपर्ने बताउनुभयो ।

त्यसैगरी अर्का किसान सेटसिंह रानाले सरकारले धान भित्र्याउने बेला नै धान खरिद गर्दा किसानलाई फाइदा पुग्ने बताउनुभयो । “धान बिक्री गरेर आएको पैसाले हामीले गहुँखेती गर्नुपर्छ सरकारले धेरै ढिलोगरी धान खरिद गर्छ”, उहाँले भन्नुभयो, “बाहिर मिलमा बेच्दा हामीले मूल्य पाउँदैनौँ ।”

कम्पनीले विगतमा जिल्लाका अन्य ठाउँमासमेत धान खरिदका लागि केन्द्र स्थापना गर्ने गरेको भए पनि यस वर्ष कर्मचारी र भौतिक पूर्वाधारको अभावले महेन्द्रनगरस्थित कार्यालयमा मात्रै धान खरिद गर्ने जनाएको छ । सरकारले यस वर्ष धानको मूल्य प्रतिक्विन्टल दुई हजार नौ सय ६७ रुपैयाँ तोकेको छ ।