५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवा संसदमा, एमसीसी टेबल हुने



अ+ अ-

काठमाडौ । एमसीसी संसद्मा टेबल गर्न सत्ता साझेदार दलहरु सहमत भएसँगै प्रधानमन्त्री शेरबहादुर देउवा अहिले भर्खरै संसद् भवन पुग्नुभएको छ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बस्नुअघि अहिले कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बसिरहेको छ ।

संसद्मा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी टेबल गर्नुपर्ने भए पनि उहाँले आफू बिरामी भएको भनी संसद्मा उपस्थित हुन नसक्ने जनाएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी प्रस्तुत गर्नुहुने जनाइएको छ ।

यसैबीच  कार्यव्यवस्था परामर्श समितिको बैठकले एमसीसी संसद्मा टेबल गर्ने सहमति  गरेको छ । बैठकमा एमसीसीमा टेबल गर्ने सहमति भएको लोसपाका सांसद लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।