१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

लियोनल स्कालोनीः जसले मेसीसँग मात्रै खेलेनन् उनको सन्यास फिर्ता ल्याउन भूमिका पनि खेले

लियोनल स्कालोनीः जसले मेसीसँग मात्रै खेलेनन् उनको सन्यास फिर्ता ल्याउन भूमिका पनि खेले
अ अ+ अ-

एजेन्सी । कतार विश्वकपमा २०२२ ले आज विजेता पाउँदैछ । उपाधिका लागि दुई–दुई पटकका विश्वविजेता अर्जेन्टिना र फ्रान्सले प्रतिस्पर्धा गर्दैछन् ।

दुबै टिम आफ्नो तेस्रो उपाधि जित्नका लागि आतुर छन् । फाइनल खेल लुसेल रंगशालामा नेपाली समयानुसार ८ः४५ बजे सुरु हुनेछ । अर्जेन्टिनाको टोली ३६ वर्षपछि विश्वकपको उपाधि जित्न मैदान उत्रँदैछ ।

यस प्रतियोगितामा कप्तान लियोनल मेसीको निकै तारिफ भइरहेको छ । विश्वका सर्वकालीन महान खेलाडी मानिने मेसीले अहिलेसम्म ६ खेलमा पाँच गोल र तीन असिस्ट गरेका छन् । अर्जेन्टिनालाई फाइनल पुर्याउन मेसीको जति योगदान छ त्यति नै प्रशिक्षक लियोनल स्कालोनीको पनि छ । भलै उनी त्यति चर्चामा छैनन् ।

स्कालोनी त्यही व्यक्ति हुन् जसले मेसीलाई २०१६ मा अन्तर्राष्ट्रिय फुटबलबाट लिएको सन्यास फिर्ता लिन आग्रह गरेका थिए । कोपा अमेरिकामा टोलीको हारपछि मेसीले सन्यासको घोषणा गरेका थिए ।

राष्ट्रपति सहित अर्जेन्टिनाका सबैले उनलाई यो निर्णय फिर्ता लिन आग्रह गरे । मेसी सन्यासबाट फर्किए र २०१८ को विश्वकपमा टोलीको नेतृत्व गरे । प्रि–क्वाटरफाइनलमा फ्रान्ससँग अर्जेन्टिना पराजित भएपछि मेसी फेरि अन्तर्राष्ट्रिय फुटबल छाड्ने मनसायमा पुगे । उनलाई यो विश्वकपमा देखिने आंकलन त्यतिबेला गरिएको थिएन ।

यू–१७ टोलीका मुख्य प्रशिक्षक थिए स्कालोनी
२०१८ को विश्वकपपछि अर्जेन्टिनाले प्रशिक्षक जर्ज साम्पाओलीलाई बर्खास्त गर्यो । सन् २०१७ मा प्रशिक्षक नियुक्त भएका साम्पाओलीसँग पाँच वर्षको सम्झौता थियो तर एक वर्षपछि नै उनी बर्खास्तीमा परेका थिए ।

अर्जेन्टिनाले अन्डर १७ कोच लियोनेल स्कालोनीलाई जिम्मेवारी दिने निर्णय गर्यो । उनी ४० वर्षका थिए भने उनीसँग सिनियर टोलीलाई प्रशिक्षण दिने अनुभव थिएन । अनुभवी प्रशिक्षक बोलाउनुको सट्टा अर्जेन्टिनाले मुख्य टोलीको जिम्मेवारी तल्लो स्तरका प्रशिक्षकलाई सुम्पिएको थियो ।

स्कालोनी र मेसीले सँगै फुटबल खेले


लियोनल मेसीले २००५ मा अन्तर्राष्ट्रिय डेब्यु गर्दा स्कालोनी अर्जेन्टिनाको टोलीमा थिए । त्यतिमात्र नभई सन् २००६ मा मेसीले पहिलो विश्वकप खेल्दा स्कालोनी समेत टोलीमा थिए । स्कालोनीले सन् २०१५ मा व्यावसायिक फुटबलबाट सन्यास लिए । त्यसपछि उनी जर्ज साम्पाओलीसँगै सेभियाको टोलीमा सामेल भए । उनलाई सहायक प्रशिक्षक बनाइएको थियो । साम्पाओली सेभियाका मुख्य प्रशिक्षक थिए । यसपछि सन् २०१७ मा साम्पाओली अर्जेन्टिनाको प्रशिक्षक बने, स्कालोनी पनि उनीसँगै अर्जेन्टिनाको सहायक प्रशिक्षकमा रहे ।

साम्पाओलीलाई बर्खास्त गरेपछि अर्जेन्टिना फुटबल संघले पूर्व दिग्गज डिएगो सिमोनी, मार्सेलो गालार्डो र माउरिसियो पोचेटिनोलाई प्रशिक्षक नियुक्त गर्ने प्रयास गर्यो । साम्पाओलीलाई देखेर तीनै जनाले पद स्वीकार गर्न अस्वीकार गरे । अर्जेन्टिना फुटबल संघले एक अनौठो निर्णय गर्दै विदेशी प्रशिक्षक ल्याउनुको सट्टा यू–१७ टोलीका मुख्य प्रशिक्षक लियोनल स्कालोनीलाई जिम्मेवारी दियो ।

 

यस निर्णयको अर्जेन्टिनाका पूर्व दिग्गजहरूले विरोध गरेका थिए । दिवंगत डिएगो म्याराडोनाले पनि २०१८ मा भनेका थिए, ‘उनी ट्राफिकलाई निर्देशन दिन सक्दैनन्, उनले राष्ट्रिय टोलीलाई कसरी सम्हाल्ने ? के हामी सबै पागल भयौं ?’

आलोचनाबीच स्कालोनीले आफ्नो कोचिंग स्टाफको टोलीलाई सँगै राखे । उनीसँगै अर्जेन्टिनाका पूर्व स्टार खेलाडी पाब्लो आइमार, वाल्टर स्यामुएल र रोबर्टो आयला पनि सामेल भएका थिए । यसपछि स्कालोनीसामु सबैभन्दा ठूलो चुनौती लियोनल मेसीलाई मनाउनु थियो । उनी अन्तर्राष्ट्रिय फुटबल खेल्न चाहँदैनथे ।

स्कालोनीले मेसीलाई ह्वाट्सएप सन्देश पठाए । उनले लेखे, ‘हेलो लियो, म स्कालोनी हुँ । हामी तपाईंसँग पाब्लो आइमारसँग कुरा गर्न चाहन्छौं ।’ मेसी बाल्यकालमा आइमरलाई आफ्नो आदर्श मान्ने गर्थे । उनी सिनियर खेलाडीलाई पनि सम्मान गर्थे । त्यसैले यो सन्देश पछि उनी स्कालोनी र एमरलाई भेट्न गए । त्यसपछि तीनैबीच छलफल भयो र मेसी खेल्न राजी भए ।

स्कालोनीले पछि ईएसपीएनसँग भनेका थिए – ‘मेसीले हामीलाई आफू फर्कन तयार रहेको बताए । हामीले बोलाएमा उनी खेल्न तयार छन् । मेसी आफ्नो अन्तर्राष्ट्रिय करियर विस्तार गर्न मात्रै नभई आफूले पहिले जित्न नसकेका प्रतियोगिताहरू पनि जित्न चाहन्थे ।’

तीन कोपा अमेरिका र एक विश्वकपको फाइनलमा पराजित भएपछि स्कालोनीले टोली परिवर्तन गर्ने विचार गरे । स्कालोनीले मेसीको काँधबाट बोझ हटाए र टोलीमा नयाँ खेलाडीहरू ल्याए । मेसी बिना उक्त टोलीले पहिलो छ मध्ये चार मैत्रीपूर्ण खेल जित्यो । २०१९ मा कोपा अमेरिकाको सेमिफाइनलमा ब्राजिलसँग पराजित भएपछि अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गरेको थियो ।

अर्जेन्टिनाले २०२१ को कोपा अमेरिका कप जितेको थियो । जितसँगै मेसीको पहिलो सपना साकार भयो । उनी अर्जेन्टिनाबाट पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता जित्न सफल भए। अर्जेन्टिनाले २८ वर्षपछि पहिलो पटक ठूलो उपाधि जितेको थियो । स्कालोनीको टोली लगातार ३६ खेलमा अपराजित रह्यो । विश्वकपमा साउदी अरेबियाविरुद्धको खेलमा उसको यो क्रम तोडिएको थियो । यो पराजयपछि स्कालोनीले रणनीति परिवर्तन गरे । जसकारण नेदरल्यान्ड्स–क्रोएसिया जस्ता बलियो टोलीलाई हार चखाएको अर्जेन्टिना विश्वकपको उपाधि उचाल्न एक कदममात्रै पछि छ ।