२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपाकी सांसद सम्पर्कविहीन, एमालेले सम्पर्कविहीन बनाएको आरोप



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) कि लुम्बिनी प्रदेश सभाकी सांसद पुर्मती ढेंगा सम्पर्क विहीन भएकी छन् । जसपाले सांसद ढेंगा बेपत्ता भएको भन्दै इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएको छ । 

जसपा उपेन्द्र यादव समुहले सांसद ढेंगालाई सत्तापक्षले सम्पर्कविहीन बनाएको आरोप लगाएको छ । प्रदेश अध्यक्ष अशोक यादवले आइतबार बिहानदेखि सांसद ढेंगा सम्पर्कविहीन भएको बताए । 

पाल्पाकी ढेगा जसपाकी समानुपातिक सांसद हुन । ६ जना सांसद प्रदेश सभा रहेको जसपाका यस अगाडि महन्त ठाकुर चार जना मन्त्री बनेका थिए ।

एमाले लुम्बिनी प्रदेश सभाका प्रमुख सचेतक भूमिश्वर ढकालले आफूहरुलाई जसपाले झुट्टा आरोप लगाएको बताए ।

उनी शुरूदेखि यादव पक्षमा लागेकी थिइन । इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मदन कुँवरले सांसद सम्पर्कविहीन भएको सूचनापछि खोजी जारी रहेको बताए ।