२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपाकी सांसद सम्पर्कविहीन, एमालेले सम्पर्कविहीन बनाएको आरोप



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) कि लुम्बिनी प्रदेश सभाकी सांसद पुर्मती ढेंगा सम्पर्क विहीन भएकी छन् । जसपाले सांसद ढेंगा बेपत्ता भएको भन्दै इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएको छ । 

जसपा उपेन्द्र यादव समुहले सांसद ढेंगालाई सत्तापक्षले सम्पर्कविहीन बनाएको आरोप लगाएको छ । प्रदेश अध्यक्ष अशोक यादवले आइतबार बिहानदेखि सांसद ढेंगा सम्पर्कविहीन भएको बताए । 

पाल्पाकी ढेगा जसपाकी समानुपातिक सांसद हुन । ६ जना सांसद प्रदेश सभा रहेको जसपाका यस अगाडि महन्त ठाकुर चार जना मन्त्री बनेका थिए ।

एमाले लुम्बिनी प्रदेश सभाका प्रमुख सचेतक भूमिश्वर ढकालले आफूहरुलाई जसपाले झुट्टा आरोप लगाएको बताए ।

उनी शुरूदेखि यादव पक्षमा लागेकी थिइन । इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मदन कुँवरले सांसद सम्पर्कविहीन भएको सूचनापछि खोजी जारी रहेको बताए ।