२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज यी नदीहरूमा बहाव बढ्ने, सतर्कता अपनाउन सुझाव



अ+ अ-

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले सोमवार कोशी, नारायणी, महाकाली लगायतका नदीहरूमा पानीको बहाव बढ्ने जनाएको छ ।

महाशाखाले सुनकोशी, तामाकोशी, दुधकोशी, अरुण, तमोर, त्रिशुली, बुढीगण्डकी, मर्स्याङ्दी, कालीगण्डकीमा बहाव बढ्ने र केहीमा सतर्कता आसपास पुग्न सक्ने अनुमान गरेको हो । 

महाशाखाले कर्णाली  र यसका सहायक नदीहरुमा बहाव उल्लेख्य बढ्ने भन्दै सतर्कता अपनाउन सुझाव दिएको छ ।