२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुँजी बजार हालसम्मकै उच्च



अ+ अ-

काठमाडौं । साताको  पहिलो  दिन  सेयर अहिलेसम्मकै  उच्च  बिन्दुमा  पुगेर  कारोबार  भएको  छ । रेकर्ड  ब्रेकको  बाटोमा  रहेको  सेयर  बजार  आइतबार ३०५८ को बिन्दुमा पुगेको हो  । आइतबार भएको नेप्सेको वृद्धिलाई कारोबार रकमले पनि साथ दिएको छ  । आइतबार  नेप्से  परिसूचक  ५४.३१ अङ्कले  उकालो  लागेर  ३०५८.६३ को  बिन्दुमा  पुगेको  हो  ।  

सेन्सेटिभ इन्डेक्स  पनि  ११.७४  अङ्कले  उकालो लाग्दा  ५७४.०२  को  बिन्दुमा  पुगेर  रोकिएको  छ  । समग्रमा  पहिलो  दिनको  सेयर  बजार  १.८१  प्रतिशत ƒ  सेन्सेटिभ  इन्डेक्स  २.०९  प्रतिशतले  उकालो लागेको छ  । यसअघि नेप्सेले जेठ ३१ गते नेप्से उच्च बिन्दुमा  पुगेर  नयाँ  रेकर्ड  बनाएको  थियो  ।  सो दिन नेप्से ३०२५.८३ बिन्दुमा पुगेको थियो  ।​ आइतबार  २२३  कम्पनीको  एक  लाख  ४०  हजार ४७ पटकको कारोबारमा १४ अर्ब ३० करोड २३ लाख ६५  हजार  रुपियाँ  बराबरको  चार  करोड  ४१  लाख  १४ हजार कित्ता सेयर खरिद बिक्री भएको छ  ।

पहिलो दिन कारोबार  रकमका  आधारमा  साढे ४९ करोडको सेयर  कारोबार  भएर  नेपाल  बैङ्क शीर्ष स्थानमा  रहेको छ  । ग्लोबल आईएमई बैङ्कको ४९ करोडभन्दा बढीको सेयर कारोबार भएको छ  । एनसीसी, एनआईसी एसिया  बैङ्क, युनाइटेड  मोदी  हाइड्रोपावर, अरुण काबेली पावर  र नेशनल हाइड्रोको ३० करोडभन्दा बढीको सेयर कारोबारमा आएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।