५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुँजी बजार हालसम्मकै उच्च



अ+ अ-

काठमाडौं । साताको  पहिलो  दिन  सेयर अहिलेसम्मकै  उच्च  बिन्दुमा  पुगेर  कारोबार  भएको  छ । रेकर्ड  ब्रेकको  बाटोमा  रहेको  सेयर  बजार  आइतबार ३०५८ को बिन्दुमा पुगेको हो  । आइतबार भएको नेप्सेको वृद्धिलाई कारोबार रकमले पनि साथ दिएको छ  । आइतबार  नेप्से  परिसूचक  ५४.३१ अङ्कले  उकालो  लागेर  ३०५८.६३ को  बिन्दुमा  पुगेको  हो  ।  

सेन्सेटिभ इन्डेक्स  पनि  ११.७४  अङ्कले  उकालो लाग्दा  ५७४.०२  को  बिन्दुमा  पुगेर  रोकिएको  छ  । समग्रमा  पहिलो  दिनको  सेयर  बजार  १.८१  प्रतिशत ƒ  सेन्सेटिभ  इन्डेक्स  २.०९  प्रतिशतले  उकालो लागेको छ  । यसअघि नेप्सेले जेठ ३१ गते नेप्से उच्च बिन्दुमा  पुगेर  नयाँ  रेकर्ड  बनाएको  थियो  ।  सो दिन नेप्से ३०२५.८३ बिन्दुमा पुगेको थियो  ।​ आइतबार  २२३  कम्पनीको  एक  लाख  ४०  हजार ४७ पटकको कारोबारमा १४ अर्ब ३० करोड २३ लाख ६५  हजार  रुपियाँ  बराबरको  चार  करोड  ४१  लाख  १४ हजार कित्ता सेयर खरिद बिक्री भएको छ  ।

पहिलो दिन कारोबार  रकमका  आधारमा  साढे ४९ करोडको सेयर  कारोबार  भएर  नेपाल  बैङ्क शीर्ष स्थानमा  रहेको छ  । ग्लोबल आईएमई बैङ्कको ४९ करोडभन्दा बढीको सेयर कारोबार भएको छ  । एनसीसी, एनआईसी एसिया  बैङ्क, युनाइटेड  मोदी  हाइड्रोपावर, अरुण काबेली पावर  र नेशनल हाइड्रोको ३० करोडभन्दा बढीको सेयर कारोबारमा आएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।