१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यावसायिक आइडिया भए लगानीको समस्या छैन: वरिष्ठ उपाध्यक्ष ढकाल



अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले व्यावसायिक आइडिया भए लगानीको समस्या नरहेको बताउनुभएको छ ।

शनिबार बुटवलमा आयोजित युवा व्यवसायी समिटलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले व्यवसाय गर्ने आइडिया भए लगानीका लागि लगानीकर्ता तथा बैंकहरू उपलब्ध हुने बताउनुभयो ।

‘यदि तपाईंसँग आइडिया छ, तपाईं आमजनताको लागि काम गर्नुहुन्छ र इमानदारीसाथ काम गर्नुहुन्छ भने तपाईलाई लगानीको समस्या हुँदैन । बैंक तथा वित्तीय सस्थाहरु र लगानीकर्ताहरु तपाईलाई लगानी गर्न तयार हुन्छन् । अहिले भलै बैकमा तरलताको समस्या देखिएको छ । तर मलाई लाग्छ यो समस्या लामो रहदैन । बिस्तारै सहज हुँदै जान्छ,’ उहाँले बताउनुभयो ।

मूल्यवृद्धि र बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावका कारण मुलुकको अर्थतन्त्रमा परेको समस्याले व्यवसाय र व्यवसायीहरु मारमा परेको उहाँले बताउनुभयो ।

अहिले निजी क्षेत्रले उठाएको एजेण्डाहरु निजीक्षेत्रको मात्र नभई समग्र अर्थतन्त्रको सुधारको लागि रहेको बताउँदै उहाँले निजीक्षेत्रका एजेण्डा भन्दै वेवास्ता गर्दै जाने हो भने यसको परिणाम सबै नेपालीले भोग्नुपर्ने बताउनुभयो।

उहाँले सरकारी संयन्त्रबिच एकआपसमा समन्वयको कमी रहेको यसको मार निजीक्षेत्रले खेप्नुपरेको बताउनुभयो । रेमिट्यान्स, बैंकिङ तथा पर्यटन क्षेत्रको आफ्नो व्यवसायिक सफलताको उदाहरण दिँदै ढकालले राज्यको प्राथमिकता र आम जनताको सेवासँग जोडिएको कुनै पनि व्यवसाय सजिलै सफल हुने बताउनुभयो ।