२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनैतिक दलको छाति मरिच जस्तो



अ+ अ-

मुस्लिम समुदाय राष्ट्र र राष्ट्रियताको बारेमा सधैं चनाखो हुने समुदाय हो। राष्ट्र निर्माणमा क्रममा हजारौंको आफ्नो बंश नै समाप्त पारेर भए पनि राष्ट्रलाइ एक ढिक्का बनाएर राख्न अत्यन्तै महत्त्वपूर्ण भुमिका खेलेको यो समुदायको इतिहास छ।

राष्ट्रियताको रक्षा र देश विखण्डन बाट जोगाउन जहिले पनि अग्रसर भइ आफ्नो आहुति दिन पछि नपर्ने गरि आफ्नो कर्तव्य पुरा गर्ने एक इमान्दार समुदाय भित्र पर्छ। यो समुदाय भित्र एकाध स्वार्थी कफन चोर विदेशीको दलाल हरु बाहेक अरु सबै देश भक्त राष्ट्र प्रति समर्पित छन्। ईस्लामिक कानुनले नै हामिलाइ भन्छ जुन देशमा तिमि बस्छौ त्यो देशलाई माया गर र देशको माटोको रक्षा गर भन्ने आदेश छ।

मेरो राजनैतिक दल संग विनम्र अनुरोध यो छकि मुस्लिम समुदायले आफ्नो देश प्रति निभाउने कर्तव्य निष्ठा पुर्वक बिना कन्जुस्याइँ निभाएको छ। यदि मुस्लिम समुदायलाइ सम्मान गर्ने हो भने राष्ट्रको हरेक अंगमा लैजाने हिम्मत राजनैतिक दलले मरिच जस्तो छाति खुम्च्याउने होइन सगरमाथा जस्तो बिशाल फराकिलो छाती राखेर उत्पीडनमा परेका हरेक समुदायलाई सम्मान गर्नु राज्यको कर्तव्य हो।

अब गठन हुन गैराखेको राष्ट्रपति, उपराष्टपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभाको अध्यक्ष, उपाध्यक्ष, लगायतको ठाउमा हाम्रो समुदायबाट प्रतिनिधित्व गराइयोस भन्ने जोडदार माग राख्छ छु। यो समुदायको भोटको मात्र अधिकार होइन कि राष्ट्र निर्माणमा पनि महत्त्वपूर्ण भुमिका दिइयोस् त्यो क्षमता यो समुदायमा छ। मुस्लिम समुदाय लगायत उत्पीडनमा परेका समुदायलाइ राष्ट्र निर्माणमा बाहिर राखेर निर्माण गरिने कुनै पनि कार्य अधुरो हुन्छ।

तसर्थ राज्यको हरेक अंगमा समान र सम्मानपूर्ण प्रतिनिधित्व गराउन सम्पुर्ण मुस्लिम समुदायको तर्फबाट राजनैतिकदलहरूमा  विनम्र अनुरोध गर्दछु ।

मिया नेकपा एकिकृत समाजवादीका नेता हुनुहुन्छ I




भर्खरै