१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

बागलुङमा मकै, सुन्तला र तरकारी खेती प्रवद्र्धन

बागलुङमा मकै, सुन्तला र तरकारी खेती प्रवद्र्धन
बागलुङ नगरपालिका–११, रायडाँडा
अ अ+ अ-

गलकोट । बागलुङ नगरपालिकाले चालू आर्थिक वर्षमा निश्चित खेतीलाई मात्र प्रवद्र्धन गर्ने कार्यक्रम ल्याएको छ । कृषिका धेरै क्षेत्रमा बजेट विनियोजन गर्दा उपलब्धि हासिल नभएको भन्दै यस वर्ष ससर्त अनुदानमा आएको रु २० लाख बजेटले बागलुङ नगरपालिका–९ तित्याङमा सुन्तला र बेमौसमी तरकारी खेती मात्रै प्रवद्र्धन गर्न थालिएको छ ।

वडास्तरी कृषि समिति, समूह र व्यक्तिगत फर्ममार्फत चालू आर्थिक वर्षमा रु ३० लाख बजेटबाट मकैबाली, सुन्तला र तरकारी खेती प्रवद्र्धन गर्ने कार्यक्रम थालेको बागलुङ नगरपालिकाले जनाएको छ । बागलुङ नगरपालिका–९ तित्याङमा सुन्तला र तरकारी खेतीका लागि रु २० लाखको कार्यक्रम स्वीकृत भएर आएकाले कार्यक्रम कार्यान्वयनका लागि प्रस्ताव आह्वान गरेको बागलुङ नगरपालिकाको कृषि शाखाप्रमुख राहुल केसीले जानकारी दिनुभयो । केसीका अनुसार नगरपालिकाका १४ वटै वडामा मकै प्रवद्र्धनका लागि रु १० लाखको कार्यक्रम हुनेछ ।

“यो मकै, सुन्तला र तरकारी खेती प्रवद्र्धनका लागि ससर्त अनुदानको कार्यक्रम स्थान तोकेर आएको कार्यक्रम हो, तित्याङमा यस वर्ष १० लाखको सुन्तला प्रवद्र्धन र रु १० लाखमा तरकारी खेतीका लागि प्रविधि सहितको हाइटेक टर्नेल र थोपा सिँचाइको काम गरिन्छ”, कृषि शाखाप्रमुख केसीले भन्नुभयो, “तित्याङमा सुन्तला खेती राम्रो भए पनि प्रवद्र्धन हुन नसकेको रहेछ, यस वर्ष त्यहाँका किसानको सुन्तला बगैँचा व्यवस्थापन, उपचार, नयाँ बगैँचा स्थापना र सुन्तला नर्सरी स्थापना गर्नेगरी प्रस्ताव आह्वान गरेका छौँ ।”

पछिल्लो समय बागलुङ नगरपालिकाले उन्नत जातको मकै खेती प्रवद्र्धन गरिरहेको छ । यस वर्ष मकैको बीउदेखि यन्त्र उपकरणलगायत कार्यक्रमका लागि रु १० लाख बजेट रहेको नगरपालिकाको कृषि शाखाले जनाएको छ । नगरपालिकाको सुन्तला, मकै र तरकारी खेती प्रवद्र्धन कार्यक्रममा ५० प्रतिशत र स्थानीय कृषकले ५० प्रतिशत लगानी गर्नुपर्ने नगरपालिकाको भनाइ छ । तित्याङमा दुई सय बोटका सुन्तला बगँैचा भएका किसानलाई प्रोत्साहनसमेत गर्ने योजना रहेको बागलुङ नगरपालिका–९ तित्याङका वडाध्यक्ष राजु थापाले बताउनुभयो ।

“सुन्तला राम्रै फल्ने स्थान हो तित्याङ, बागलुङ बजारमा डोकोमा तरकारी अधिकांश हाम्रै वडाको भित्रन्छ, तर कृषकलाई प्रोत्साहन गर्न नसकेको अवस्था रहेछ”, वडाध्यक्ष थापाले भन्नुभयो “तित्याङमा पछिल्लो समय बगैँचा व्यवस्थापन हुन नसकेको अवस्था हो, नगरपालिकाले ल्याएको कार्यक्रमबाट प्रोत्साहित हुनेमा आशावादी छु ।”

पछिल्लो समय तित्याङमा समेत सुन्तला खेतीमा विस्तार भइरहेको छ । बागलुङका क्रियाशील पत्रकार गणेश पौडेलले आफ्नो धानखेतमा दुई वर्षअघि लगाउनुभएको २० रोपनी जग्गामा चार सय ५० बिरुवा अहिले हुर्किरहेको बताउनुभयो । पौडेलको संयुक्त परिवारले धान खेतमा भन्दा सुन्तला खेतीमा फाइदा देखेपछि सुन्तला बगैँचा स्थापना गरेको बताउनुभयो । तित्याङमा तरकारी खेतीका लागि चारवटा हाइटेक टर्नेल र सिँचाइको कार्यक्रमका लागि यो वर्ष रु १० लाख खर्च गरिनेछ । जसमध्ये यन्त्रिकीकरणसमेत वितरण गरिनेछ ।

सङ्घीय सरकारले तित्याङमा बेमौसमी तरकारी र सुन्तला खेती प्रवद्र्धनमा नगरपालिकामार्फत बजेट विनियोजन गरेको छ । तित्याङमा झन्डै पाँच हजार बिरुवाले सुन्तला उत्पादन गरिरहेको कृषि शाखाको तथ्याङ्कले बताउँछ । नगरपालिकाले पछिल्लो समय बजार क्षेत्रमा कौसी खेती प्रवद्र्धन गर्ने कार्यक्रम ल्याएको छ ।