• १६ जेष्ठ २०८१, बुधबार
  •      Wed May 29 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप हेर्न क्यान पदाधिकारी श्रीमतीसहित उडे अमेरिका ★   बालेनले किन भने वास्तविक गणतन्त्र आउन अझै बाँकी छ ? ★   बजेटपछि केमा बढ्यो के मा घट्यो मूल्य ? ★   एमाले चितवनको अध्यक्षमा पाठक ★   कांग्रेसका सुरेन्द्रराज पाण्डेलाई गण्डकीको मुख्यमन्त्री नियुक्तिको तयारी ★   माछा मार्न जाँदा अस्ट्रेलियामा दुई नेपाली विद्यार्थीको मृत्यु ★   प्रतिनिधिसभा : बजेट वक्तव्य टेबुल, आर्थिक विधेयक पेस ★   बजेट स्वागतयोग्य र लगानीमैत्री आएको छ – अध्यक्ष ढकाल ★   सहकारीको रकम अपचलनको छानबिन गर्न संसदीय विशेष समिति गठन, को–को परे ? ★   धेरै पुराना आयोजना अलपत्र हुने किसिमले बजेट आयोः प्रकाशशरण महत

सातै प्रदेशका प्रमुखलाई निर्वाचन प्रतिवेदन बुझाउँदै आयोग



काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम आज बुझाउँदैछ । आयोगले निर्वाचन प्रतिवेदन सातै प्रदेशका प्रमुखलाई बुझाउन लागेको हो ।

निर्वाचन प्रतिवेदन बुझाउन आयोगका पदाधिकारी प्रदेशका राजधानी पुगिसकेकाले दिउँसो १ बजे सबै प्रदेशका प्रमुखलाई प्रतिवेदन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

उनका अनुसार प्रतिवेदन बुझाउन प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया प्रदेश १, आयुक्त सगुनशमशेर जबरा र सचिव गोकर्णमणि दुवाडी बागमती, आयुक्त इश्वरीप्रसाद पौडेल गण्डकी, आयुक्त रामप्रसाद भण्डारी लुम्बिनी, सहसचिव यज्ञप्रसाद भट्टराई कर्णाली र आयुक्त जानकीकुमारी तुलाधरले सुदूरपश्चिममा प्रतिवेदन बुझाउनेछन् ।

प्रदेशसभातर्फ प्रत्यक्षबाट ३३० र समानुपातिकबाट २२० गरी ५५० जना निर्वाचित भएका छन् । आयोगले अन्तिम परिणाम बुझाएपछि नयाँ सरकार गठनको ढोका खुल्नेछ । आयोगले प्रतिनिधिसभातर्फको निर्वाचन परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरिसकेको छ ।