• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली

विज्ञापनलाई लैङ्गिक उत्तरदायी बनाउनुपर्नेमा सरोकारवालाहरुको जोड



काठमाडौं । नेपालमा प्रकाशन तथा प्रशारण हुने विज्ञापनलाई लैङ्गिक उत्तरदायी बनाउन सबैले जोड दिन आवश्यक रहेको सरोकारवालाले बताएका छन् ।

नेपालस्थित संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (युएनडिपी) र विज्ञापन बोर्ड नेपालले ललितपुरमा शुक्रवार गरेको छलफलमा सरोकारवालाहरुले विज्ञापनलाई लैङ्गिक संवेदनशिल र उत्तरदायी बनाउन जोड दिएका हुन् । विज्ञापनको असर सामाजिक मनोविज्ञानमा धेरै लामोसम्म रहने भएकाले विज्ञापनको अवधारणा बनाउने र निर्माणमा धेरै मेहनत गर्नुपर्ने बताउनु भयो । विज्ञापन बोर्ड नेपालका अध्यक्ष लक्ष्मण हुमागाईंले महिला र पुरुषबीचमा विभेद हुने खालका विषयवस्तु विज्ञापनमा राख्नु नहुने बताउनु भयो । उहाँले विज्ञापन बजारलाई लैङ्गिकमैत्री बनाउनुपर्ने बताउनु भयो । उहाँले आगामी दिनमा विज्ञापन बोर्डले विज्ञापनको विषयवस्तुलाई सेन्सर गर्ने स्पष्ट पार्नुभयो ।

युएनडिपीका सञ्चारप्रमुख कमलराज सिग्देलले संयुक्त राष्ट्रसंघले विश्वभरी प्रशारण हुने विज्ञापन लैङ्गिक संवेदनशील होस् भनेर काम गरिरहेको बताउनु भयो । उहाँले विज्ञापनले समाजमा छिट्टै असर गर्ने भएकोले निर्माणको चरणमा नै विज्ञापन लैङ्गिक उत्तरदायी भए नभएको हेर्नुपर्ने बताउनु भयो । उहाँले खराब विज्ञापनले समाजमा पु¥याउने क्षति कम गर्न सकिने उपायको खोजि गर्नुपर्ने बताउनु भयो । विज्ञापनलाई लैङ्गिक जवाफदेही बनाउन समाजका सबै पक्षले काम गर्नुपर्ने बताउनु भयो ।

उहाँले युएनडिपी नेपाली विज्ञापन बजारसँग काम गर्न इच्छुक रहेको पनि बताउनु भयो । युएनडिपी र विज्ञापन बोर्डले नेपाली बजारका लागि विज्ञापन बनाइरहेका अवधारणा निर्माता, रचनात्मक लेखक, रचनात्मक निर्देशक भिडियो निर्मातासँग निरन्तर छलफल गर्ने बताएका छन् ।