२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

गण्डकी प्रदेशका मन्त्री, प्रमुख सचिव र सचिवका लागि संवोधन, निर्देशन

गण्डकी प्रदेशका मन्त्री, प्रमुख सचिव र सचिवका लागि संवोधन, निर्देशन
अ अ+ अ-

माननीय मन्त्रीज्यूहरु, प्रमुख सचिवज्यू, सचिवज्यूहरु ,

नवनियुक्त सम्पूर्ण मन्त्रीज्यूहरुलाई सर्वप्रथम बधाई ज्ञापन गर्दछु । तपाईंहरुको कार्यकालको पूर्ण सफलताको कामना गर्दछु । मेरो नेतृत्वमा सरकार बनिसकेपछि सरकारले पूर्णता पाओस् र कार्यसम्पादन तर्फ लागोस् भन्ने प्रदेशवासीको चाहना मन्त्री मण्डलले पूर्णता पाएपछि पूरा भएको छ । आज हाम्रो काँधमा प्रदेशको समुन्नति र समृद्धिको जिम्मेवारी आएको छ ।

सम्पूर्ण मन्त्रीपरिषद, जनताप्रति र मन्त्रीज्यूहरु मुख्य मन्त्रीप्रति उत्तरदायी हुने लोकतान्त्रिक परम्परा अनुरुप भोलिका दिनमा हामी अगाडि बढ्ने छौं । हाम्रा व्यवहार, शैली, आचरण, कार्य सम्पादनसहित हाम्रा प्रत्येक क्रियाकलाप जनताको आँखा, सञ्चार जगत तथा समाजिक सञ्जालको निगरानीमा रहने हुँनाले त्यसतर्फ सबै मन्त्रीज्यूहरुलाई सचेत रहन अनुरोध गर्दछु ।

१. यो सरकार प्रजातान्त्रिक मूल्य मान्यताको जगेर्ना गर्दै जनतालाई प्रजातान्त्रिक लाभको न्यायोचित वितरण गर्न दत्तचित्त छ । जनता सरकारको दैलोमा होइन सरकार जनताको दैलोमा सेवा पुर्‍याउन प्रतिवद्ध रहेको आभास हामीले दिनु जरुरी छ । मन्त्रिपरिषद्का माननीय सदस्यज्यूहरू र सबै मन्त्रालय-निकायका प्रशासनिक नेतृत्वहरूले समृद्ध प्रदेश, सुखी प्रदेशबासीको सोचलाई आत्मसात गर्दै जन अपेक्षा पूरा गर्ने प्रदेश सरकारको संकल्पलाई अपनत्व ग्रहण गरी, यसलाई आन्तरिकीकरण गरी आफ्ना प्रशासनिक-राजनीतिक संरचना मार्फत् जनतामा सकारात्मक सन्देश प्रवाह हुने गरी कार्य गर्नुहुनेछ भन्नेमा म पूर्ण विश्वस्त छु ।

२. संविधानले आत्मसात गरेको सहकारिता, समन्वय र सहअस्तित्वको सिद्धान्त बमोजिम नै प्रदेश सरकारले नेपाल सरकार र स्थानीय सरकारकाबीच रहेर समृद्धिको लक्ष्य हासिल गर्नका लागि कुशल संयोजनकर्ता र समन्वयकर्ताको भूमिकामा रही सुशासन, विकास र जनताका अपेक्षाहरूलाई सम्बोधन गर्ने दायित्व पूरा गर्न व्यावसायिक, परिणाममूलक, र मापनयोग्य कार्ययोजना तयार गरी कार्य सम्पादन गर्नुहुनेछ ।

३. प्रदेश सरकारको श्वेतपत्र, वार्षिक नीति तथा कार्यक्रम, बजेट, आवधिक योजना, क्षेत्रगत नीति, मन्त्रालय र अन्तरगतका वार्षिक कार्यक्रमहरूलाई निर्धारित अवधिभित्र सम्पन्न गर्न आफ्नो क्षमता र सामथ्र्यको पूर्ण उपयोग गर्नुहुनेछ । यहाँहरुको कुशल नेतृत्वले उपलब्ध सिमित स्रोत साधनको अधिकतम परिचालनमा ध्यान दिनै नै छ ।   

४. कोरोना महामारिले हाम्रो समग्र जीवनलाई थला पारेको छ । यो विषम परिस्थितिबाट उन्मुक्ति पाउने एक मात्र उपाय कोरोना विरुद्धको खोप नै हो । यो सरकार गठन भएदेखि नै सबै प्रदेशबासीलाई खोप उपलब्ध गराउने कुरामा कृत संकल्पित रहँदै आएको छ । सरकारले आवश्यक बजेटको समेत प्रबन्ध गरेको छ भने खोप हासिल गर्नका लागि प्रयत्नहरु गर्दै आएको छ । खोप प्राप्त गर्नका लागि नेपाल सरकार, निजी क्षेत्र, अन्तर्राष्ट्रिय समुदाय सबैसँग आ–आफ्नो ठाँउबाट सक्दो पहल यहाँहरु सबैले गरिदिनका लागि समेत आग्रह गर्दछु । 

५. लगानीबाट मात्र उत्पादन, रोजगारी र आम्दानीको ढोका खुल्ने तथ्यका प्रति यो सरकार स्पष्ट छ । लगानी गर्ने र व्यवसाय गर्ने अनुकुल वातावरण निर्माण गरी निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढन सरकार आतुर छ । प्रदेशमा लगानी भित्राउन, प्रदेशभित्र र बाहिरका लगानीकर्ताहरूको लगानी आकर्षण गर्न हामी सबैको प्रयासको आवश्यकता हुन्छ । तुलनात्मक लाभ र प्रतिस्पर्धात्मक क्षमताका क्षेत्रहरुको पहिचान गरी पर्यटन विकास, पूर्वाधार निर्माण, कृषिको आधुनिकीकरण र औद्योगीकरणमा टेवा पुग्ने गरी लगानी आकर्षित गर्न सकेमामात्र जनताको विकासको चाहना पूरा गर्न सक्ने हुँदा त्यसतर्फ  यहाँहरु सबैले उचित ध्यन दिनु नै हुनेछ  ।

६. पारदर्शिता, सुशासन र उत्तरदायित्वको भावनालाई मूर्तरुप दिन खर्च प्रणालीमा मितव्ययिता र पारदर्शिता अपनाउनु हुनेछ । बेरूजु र उजुरी फर्छ्यौटमा पूर्ण तदारुकता देखाउनु हुनेछ ।

७.मन्त्रालयको संस्थागत सुशासनलाई सुदृढ बनाउँदै आफू मातहतका निकाय-समिति-संरचनाहरूको प्रभावकारितामा बृद्धि ल्याउनुहुनेछ ।

८.चालु खर्चलाई मितव्ययी बनाउने र पूँजीगत खर्चको परिचालनमा प्रभावकारिता वृद्धि  हुनेछ । आर्थिक वर्षको अन्त्यमा पूँजीगत खर्च गर्ने अवस्थालाई यसै आर्थिक वर्षदेखि यहाहरुको कुशल नेतृत्वले अन्त्य गर्नेछ । खर्च गर्ने क्षमता, मितव्ययिता तथा परिणाममुखी विकासमा यस प्रदेशको साख उच्च गराइराख्न अहोरात्र खटिनुहुनेछ । प्रदेशका सम्भावना र सवल पक्षहरुको अधिकतम उपयोग गरी लाभान्वित हुन अन्य प्रदेशको असल अभ्यास लाई हाम्रो अनुकूल प्रयोग गर्न प्रोएक्टिभ हुनुहुनेछ ।   

९. वर्षाका कारणले आएको बाढी पहिरोले जन धनको क्षति भएको छ । हाम्रो प्रदेशको विशिष्ट  प्राकृतिक स्वरुप र भूसंरचनाको कारणले हुन सक्ने विपद्का संभावित जोखिमको पहिचान र पूर्वानुमान गरी सो को रोकथाम र व्यवस्थापनप्रति सजग रही नागरिकको जीवन रक्षामा लाग्नु हुनेछ  ।

१०. मन्त्रालयको नियमित काम र वार्षिक कार्ययोजना समयमा कार्यान्वयन गर्नुका  अतिरिक्त प्रदेश गौरवका आयोजना, रुपान्तरणकारी आयोजना र फ्ल्यागसिप कार्यक्रमहरूको कार्यान्वयनमा तदारूकता देखाउनुहुनेछ ।

११. सेवा प्रवाह र कार्यसम्पादनमा निर्धारित विधि र प्रक्रियाको पूर्णरुपमा पालना गर्दै शीघ्र सेवाप्रवाह गर्ने प्रणालीको सबै मन्त्रालय तथा आफू सम्बद्ध निकायहरूमा प्रयोगमा ल्याउनुहुनेछ ।

१२. खरिद इकाइ गठन गर्ने, खरिद कार्ययोजना बनाउने र लागत अनुमान तयार गर्ने कार्य साउन महिनाभित्र गरिसक्ने, बोलपत्र लगायतका कागजात तयार गर्ने र कार्यविधि तयार गर्ने कार्यहरू भदौ महिनाभित्र सम्पन्न गर्नुहुनेछ । अख्तियारी दिने कार्यहरू साउन महिनाभित्र गरिसक्नु हुनेछ । यसबाट असोज महिनाको आरम्भमा नै आयोजना-कार्यक्रमहरु कार्यान्वयन सुरु भई पूँजीगत खर्च वृद्धि हुने, वित्तीय अनुशासन पालना हुने र खर्च प्रणालीमा पनि सुधार हुनेछ । ।

१३. सबै मन्त्रालयहरूबाट सम्पादन हुने कार्यहरूको परिणाम सहितको प्रगति प्रतिवेदन महिना समाप्त हुनासाथ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तत्काल पठाउने व्यवस्था मिलाउनुहुनेछ ।

१४. यहाँहरु सबैले कोरोना महामारिले थलिएको आर्थिक क्षेत्रको पुनरुत्थान तथा सामाजिक क्षेत्रको जगेर्ना गर्नका लागि आ–आफ्ना मन्त्रालयसँग सम्बन्धित गतिविधिहरुलाई केन्द्रित गर्नु नै हुनेछ । 

१५. संविधानले प्रदेशलाई प्रदान गरेको जिम्मेवारी पूरा गर्न, जनताले प्रदेश सरकारसँग गरेको अपेक्षा पूरा गर्न तथा प्रदेश सरकारले व्यक्त गरेको विकासको प्रतिवद्धता पूरा गर्न यहाँहरु सबैले विशेष ढंगबाट आफूलाई परिचालित गर्नु हुने नै छ ।

१६. यो सरकार विषम परिस्थितिमा गठन भएको छ । कोरोना महामारीले सम्पूर्ण जनजीवन अस्तव्यस्त भएको छ । गरिब, असहाय तथा अशक्तको जीवन संकटमा परेको छ । समस्यामा परेका नागरिकको जीवन रक्षाको लागि विशेष पहल आवश्यक छ । सम्पूर्ण लोकतान्त्रिक शक्तिहरुका बीच एकता कायम गरी आपसी विश्वास सिर्जना गर्दै महामारिले सिथिल जनजीवनलाई उठाउन नियमित प्रयासले मात्र सम्भव हुने छैन भन्नेमा यहाँहरुको ध्यान पुग्ने कुरामा विश्वस्त छ ।

१७. मन्त्रिपरिषद्का माननीय सदस्यहरू र सचिवहरूको क्षमता र दक्षताले प्रदेशको कार्यसम्पादनस्तर अति नै राम्रो र परिणाममुखी बनाउनमा यहाँहरू सबैको सक्रिय र सकारात्मक सहयोग प्राप्त हुने  छ । यहाँहरुको कुशल नेतृत्वले लोकतन्त्रको सुदृढीकरण, सुशासनको प्रवद्र्धन र समृद्धि तर्फको यात्रामा सफलता मिल्नेमा विश्वस्त छु ।