२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महन्थ ठाकुरले सार्वजनिक रुपमा माफी माग्नुपर्छः उपेन्द्र यादव



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरले सार्वजनिक रुपमा माफी माग्नुपर्ने अभिव्यक्ती दिएका छन् ।

निर्वाचन आयोगमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आत्मालोचना गरेमा सो पक्षका नेताहरुको विषयमा पार्टीले बिचार गर्ने पनि बताए ।

उनले भने, ‘उहाँहरुलाई हामीले घोक्राएर पठाएको होइन, आफैं बाटो बिराउँदै बिराउँदै गलत ठाउँमा पुग्नुभयो । उहाँले बिराएको बाटो र गलत नीति सच्याएर सार्वजनिक रुपमा आत्मआलोचना गरेर आउनेु भयो भने पार्टीले बिचार गर्छ ।

यस्तै उनले ५१ जना केन्द्रीय कार्यकारिणी सदस्य रहेका ३४ जनाले आफ्नो पक्षमा सनाखत गरिसकेको पनि बताए ।