१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

पोर्चुगीज प्रशिक्षक सान्तोसले दिए राजीनामा

पोर्चुगीज प्रशिक्षक सान्तोसले दिए राजीनामा
अ अ+ अ-

एजेन्सी । पोर्चुगल राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोसले राजीनामा दिएका छन् । विश्वकपको क्वाटरफाइनलमा मोरक्कोसँग पराजित भएपछि उनले यो निर्णय गरेका हुन् । योसँगै अब जोसे मोउरिन्हो पोर्चुगलको नयाँ प्रशिक्षकमा नियुक्त हुन सक्ने बताइएको छ ।

पोर्चुगलको फुटबल महासंघले ६८ वर्षीय सान्तोससँग सम्झौता भएको जनाउँदै एक विज्ञप्ति जारी गरेको छ – ‘सेप्टेम्बर २०१४ मा सुरु भएको सफल यात्रा अब अन्त्य हुँदैछ ।’ अब अर्को राष्ट्रिय प्रशिक्षक छनोटको प्रक्रिया सुरु गर्ने महासंघले बताएको छ । युरो २०२४ अघि महासंघ मोउरिन्होलाई पोर्चुगलको नयाँ प्रशिक्षक बनाउन चाहने बुझिएको छ ।

शनिबार कतारमा मोरक्कोसँग १–० ले पराजय भोगे पनि सान्तोस पोर्चुगलको प्रशिक्षक पदबाट बर्खास्त नहुने कुरामा अडिग थिए । उनले आठ वर्षदेखि यो जिम्मेवारी सम्हालेका थिए । यद्यपि, उनले स्वीकार गरे कि सबैजना विश्व कपमा उनको निर्णयमा सहमत थिएनन्, जसमा पछिका खेलहरूमा क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राख्नु थियो ।

सन् २०१४ सेप्टेम्बरमा पोर्चुगलको प्रशिक्षकको जिम्मेवारी सम्हालेका सान्तोसले युरो २०१६ र २०१९ नेसन्स लिगमा देशको पहिलो प्रमुख उपाधि जितेका थिए । यद्यपि, उनको कार्यकालमा पोर्चुगलको टोली २०१८ विश्वकप र युरो २०२० मा अन्तिम १६ बाटै बाहिरिएको थियो ।