२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिफा विश्वकप फाइनल : को हुन् फुटबलका ‘राजा’ ? मेस्सी कि एमबाप्पे ?



अ+ अ-

सन् २०२२ को विश्वकप फुटबल प्रतियोगिता अन्तिम चरणमा थप रोचक बनेको छ । दुई फुटबल स्टारबीच भीषण टक्कर हुँदैछ। एकको उमेर ३५ वर्ष र अर्को २३ वर्षको मात्र छ । दुवैको उमेरमा १२ वर्षको अन्तर छ तर कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

दुवैले अहिलेसम्म ६ खेलमा ५–५ गोल गरेका छन् । क्लब पेरिस सेन्ट–जर्मेन स्तरमा दुवैले सँगै खेलेका छन्। तर अहिले उनीहरु आ–आफ्नो देशका लागि कप जित्नका लागि एकअर्कासँग लडिरहेका छन् ।

फुटबलका जादुगर लियोनल मेस्सी आफ्नो अन्तिम विश्वकप खेल्दै छन् । उनको सपना उनको कप्तानीमा अर्जेन्टिनालाई अर्को विश्वकप दिलाउनु हो ।

अर्कोतर्फ, फ्रान्सका युवा स्टार केलियन एमबाप्पे आफ्नो टोलीलाई लगातार दोस्रो उपाधि जिताउन सक्दो प्रयास गरिरहेका छन्। अब विजयको मुकुट कसको निधारमा सजिन्छ, त्यो डिसेम्बर १८ मा अर्थात आइतबार मात्र थाहा हुनेछ ।

विश्वकपको फाइनल फ्रान्स र अर्जेन्टिनाबीच हुने भएको छ । मेस्सी र एमबाप्पेले अहिलेसम्म ६ खेलमा ५–५ गोल गरेका छन् ।

अब फाइनलमा मेस्सी र एमबाप्पे कसरी खेल्छन् भन्नेमा विश्वको नजर केन्द्रित छ ।

फुटबल टिम गेम भए पनि आक्रमणको नेतृत्व गर्ने खेलाडीहरूमा विशेष ध्यान दिइन्छ। यस पटकको विश्वकपको फाइनलमा मेस्सी र एमबाप्पे भिड्दैछन् ।

सेमिफाइनलमा क्रोएसियाविरुद्धको खेलमा मेस्सीको फुटबलको जादू मनमोहक थियो । ३५ वर्षीय मेस्सीले गति र ड्रिब्लिङको यस्तो दृश्य प्रस्तुत गरे कि दर्शक औँला टोक्न बाध्य भए ।

हाफवे लाइनबाट बल लिएर उनी बिजुलीको गतिमा छिटो दाहिने पट्टिबाट अघि बढे । उनको गति उसैन बोल्टको जस्तै थियो। क्रोएसियाली खेलाडी उनको गतिको कारण पराजित भए।

१८ यार्ड बक्समा पुग्दा क्रोएसियाली ब्याकहरूलाई मज्जाले छक्याए । यति गतिमा बल नियन्त्रण गर्न पाउनु अचम्मको कुरा थियो । त्यसपछि अन्तिम समयमा उनले अल्भारेजलाई यस्तो सटीक पास दिए कि स्वात्तै गोल भयो।

मेस्सीको यो ‘गोल असिस्ट’ उनको पुरानो फर्मको नयाँ अवतार हो । यदि उनले फाइनलमा पनि यस्तै प्रदर्शन गर्न सके भने उनको विश्वकप जित्ने सपना साकार हुन सक्छ ।

केलियन एमबाप्पे र लियोनल मेस्सी पेरिस फुटबल क्लब पेरिस सेन्ट जर्मेनबाट सँगै खेलिसकेका छन् । तर अहिले उनीहरु एकअर्काको विरुद्धमा छन् ।

यस विश्वकपमा एमबाप्पेले पनि आफ्नो प्रतिभाले सबैलाई चकित पारेका छन् । मेस्सी र एमबाप्पे बीचको अनुभव र उमेरमा ठूलो भिन्नता छ, त्यसैले ठ्याक्कै तुलना हुन सक्दैन। तर एमबाप्पेको प्रतिभा र वर्तमान प्रदर्शनबारे चर्चा गर्न सकिन्छ।

२०१८ को विश्वकपमा फ्रान्स र अर्जेन्टिनाबीच प्रि–क्वार्टरफाइनल खेल भएको थियो। उक्त खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४–३ ले हराएको थियो । फ्रान्सका लागि चार गोलमध्ये दुई गोल केलियन एमबाप्पेले गरे ।

यो खेलमा मेस्सीले कुनै गोल गर्न सकेनन् । एम्बाप्पेले आफ्नो उत्कृष्ट खेलका साथ अन्तिम १६ पछि अर्जेन्टिनाको अन्तिम विश्वकपमा यात्रा समाप्त गरे।

वर्तमान विश्वकपमा मेस्सीको यात्राको सुरुआत निकै निराशाजनक रह्यो । पहिलो खेलमा साउदी अरेबियाले अर्जेन्टिनालाई पराजित गरेको थियो । सुरुमा मेस्सीको खेल निकै सुस्त थियो । एक झट्कापछि उनी फर्किए ।

तर एमबाप्पेले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनले डेनमार्कविरुद्ध दुई गोल गरेका थिए । उसकै कारण फ्रान्सले २–१ को जित निकालेको थियो । फ्रान्सले ३–१ ले जितेको पोल्याण्डविरुद्ध पनि उनले दुई गोल गरेका थिए ।

फुटबलका ‘राजा’ को हुन् ?

यो विश्वकपको फाइनलले फुटबलको ‘राजा’ को हुन् भन्ने टुंगो लगाउने छ । तीन महिनाअघि केलियन एमबाप्पेले न्यूयोर्क टाइम्सलाई अन्तर्वार्ता दिएका थिए ।

उक्त अन्तर्वार्तामा एउटा प्रश्न सोधिएको थियो, “के तपाईं ‘बलोन डी’ओर’ (फुटबलका लागि फ्रेन्च अवार्ड) जित्नुहुनेछ ?

एमबाप्पेले जवाफ दिएका थिए, “म जित्ने छु । म सबै सपना देख्छु। मेरो कुनै सीमा छैन तपाईंले भन्नुभएझैँ यो नयाँ पुस्ता हो। अब रोनाल्डो र मेस्सी रोकिनेछन् । हामीले अरू कसैलाई (नायक) खोज्नुपर्छ। कोही नयाँ (स्टार)।”

उक्त अन्तर्वार्तामा एमबाप्पेले अहिले मेस्सी र रोनाल्डोका दिन सकिएको भन्दै आफू नयाँ पुस्ताका फुटबल स्टार भएको स्पष्ट संकेत गरेका थिए । तर, यो एमबाप्पेको व्यक्तिगत विचार हो । अब उनको दाबीमा कति शक्ति छ भन्ने कुरा डिसेम्बर १८ मा अर्थात आइतबार मात्रै तय हुनेछ ।