• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने ★   टी–२० वरियतामा अस्ट्रेलियाका ट्राभीस हेड पहिलो स्थानमा उक्लिए ★   पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु ★   सरकारको अनुमतिबाट खोलिएका उद्योगहरु नवीकरण गर्नुपर्छः प्रमुख सचेतक बर्तौला ★   दीपकराज गिरीको कटाक्षः वार्तासँग होइन अन्तर्वार्तासँग डर लाग्छ ★   एसईईको नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने ★   नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

फिफा विश्वकप फाइनल : को हुन् फुटबलका ‘राजा’ ? मेस्सी कि एमबाप्पे ?



सन् २०२२ को विश्वकप फुटबल प्रतियोगिता अन्तिम चरणमा थप रोचक बनेको छ । दुई फुटबल स्टारबीच भीषण टक्कर हुँदैछ। एकको उमेर ३५ वर्ष र अर्को २३ वर्षको मात्र छ । दुवैको उमेरमा १२ वर्षको अन्तर छ तर कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

दुवैले अहिलेसम्म ६ खेलमा ५–५ गोल गरेका छन् । क्लब पेरिस सेन्ट–जर्मेन स्तरमा दुवैले सँगै खेलेका छन्। तर अहिले उनीहरु आ–आफ्नो देशका लागि कप जित्नका लागि एकअर्कासँग लडिरहेका छन् ।

फुटबलका जादुगर लियोनल मेस्सी आफ्नो अन्तिम विश्वकप खेल्दै छन् । उनको सपना उनको कप्तानीमा अर्जेन्टिनालाई अर्को विश्वकप दिलाउनु हो ।

अर्कोतर्फ, फ्रान्सका युवा स्टार केलियन एमबाप्पे आफ्नो टोलीलाई लगातार दोस्रो उपाधि जिताउन सक्दो प्रयास गरिरहेका छन्। अब विजयको मुकुट कसको निधारमा सजिन्छ, त्यो डिसेम्बर १८ मा अर्थात आइतबार मात्र थाहा हुनेछ ।

विश्वकपको फाइनल फ्रान्स र अर्जेन्टिनाबीच हुने भएको छ । मेस्सी र एमबाप्पेले अहिलेसम्म ६ खेलमा ५–५ गोल गरेका छन् ।

अब फाइनलमा मेस्सी र एमबाप्पे कसरी खेल्छन् भन्नेमा विश्वको नजर केन्द्रित छ ।

फुटबल टिम गेम भए पनि आक्रमणको नेतृत्व गर्ने खेलाडीहरूमा विशेष ध्यान दिइन्छ। यस पटकको विश्वकपको फाइनलमा मेस्सी र एमबाप्पे भिड्दैछन् ।

सेमिफाइनलमा क्रोएसियाविरुद्धको खेलमा मेस्सीको फुटबलको जादू मनमोहक थियो । ३५ वर्षीय मेस्सीले गति र ड्रिब्लिङको यस्तो दृश्य प्रस्तुत गरे कि दर्शक औँला टोक्न बाध्य भए ।

हाफवे लाइनबाट बल लिएर उनी बिजुलीको गतिमा छिटो दाहिने पट्टिबाट अघि बढे । उनको गति उसैन बोल्टको जस्तै थियो। क्रोएसियाली खेलाडी उनको गतिको कारण पराजित भए।

१८ यार्ड बक्समा पुग्दा क्रोएसियाली ब्याकहरूलाई मज्जाले छक्याए । यति गतिमा बल नियन्त्रण गर्न पाउनु अचम्मको कुरा थियो । त्यसपछि अन्तिम समयमा उनले अल्भारेजलाई यस्तो सटीक पास दिए कि स्वात्तै गोल भयो।

मेस्सीको यो ‘गोल असिस्ट’ उनको पुरानो फर्मको नयाँ अवतार हो । यदि उनले फाइनलमा पनि यस्तै प्रदर्शन गर्न सके भने उनको विश्वकप जित्ने सपना साकार हुन सक्छ ।

केलियन एमबाप्पे र लियोनल मेस्सी पेरिस फुटबल क्लब पेरिस सेन्ट जर्मेनबाट सँगै खेलिसकेका छन् । तर अहिले उनीहरु एकअर्काको विरुद्धमा छन् ।

यस विश्वकपमा एमबाप्पेले पनि आफ्नो प्रतिभाले सबैलाई चकित पारेका छन् । मेस्सी र एमबाप्पे बीचको अनुभव र उमेरमा ठूलो भिन्नता छ, त्यसैले ठ्याक्कै तुलना हुन सक्दैन। तर एमबाप्पेको प्रतिभा र वर्तमान प्रदर्शनबारे चर्चा गर्न सकिन्छ।

२०१८ को विश्वकपमा फ्रान्स र अर्जेन्टिनाबीच प्रि–क्वार्टरफाइनल खेल भएको थियो। उक्त खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४–३ ले हराएको थियो । फ्रान्सका लागि चार गोलमध्ये दुई गोल केलियन एमबाप्पेले गरे ।

यो खेलमा मेस्सीले कुनै गोल गर्न सकेनन् । एम्बाप्पेले आफ्नो उत्कृष्ट खेलका साथ अन्तिम १६ पछि अर्जेन्टिनाको अन्तिम विश्वकपमा यात्रा समाप्त गरे।

वर्तमान विश्वकपमा मेस्सीको यात्राको सुरुआत निकै निराशाजनक रह्यो । पहिलो खेलमा साउदी अरेबियाले अर्जेन्टिनालाई पराजित गरेको थियो । सुरुमा मेस्सीको खेल निकै सुस्त थियो । एक झट्कापछि उनी फर्किए ।

तर एमबाप्पेले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनले डेनमार्कविरुद्ध दुई गोल गरेका थिए । उसकै कारण फ्रान्सले २–१ को जित निकालेको थियो । फ्रान्सले ३–१ ले जितेको पोल्याण्डविरुद्ध पनि उनले दुई गोल गरेका थिए ।

फुटबलका ‘राजा’ को हुन् ?

यो विश्वकपको फाइनलले फुटबलको ‘राजा’ को हुन् भन्ने टुंगो लगाउने छ । तीन महिनाअघि केलियन एमबाप्पेले न्यूयोर्क टाइम्सलाई अन्तर्वार्ता दिएका थिए ।

उक्त अन्तर्वार्तामा एउटा प्रश्न सोधिएको थियो, “के तपाईं ‘बलोन डी’ओर’ (फुटबलका लागि फ्रेन्च अवार्ड) जित्नुहुनेछ ?

एमबाप्पेले जवाफ दिएका थिए, “म जित्ने छु । म सबै सपना देख्छु। मेरो कुनै सीमा छैन तपाईंले भन्नुभएझैँ यो नयाँ पुस्ता हो। अब रोनाल्डो र मेस्सी रोकिनेछन् । हामीले अरू कसैलाई (नायक) खोज्नुपर्छ। कोही नयाँ (स्टार)।”

उक्त अन्तर्वार्तामा एमबाप्पेले अहिले मेस्सी र रोनाल्डोका दिन सकिएको भन्दै आफू नयाँ पुस्ताका फुटबल स्टार भएको स्पष्ट संकेत गरेका थिए । तर, यो एमबाप्पेको व्यक्तिगत विचार हो । अब उनको दाबीमा कति शक्ति छ भन्ने कुरा डिसेम्बर १८ मा अर्थात आइतबार मात्रै तय हुनेछ ।