२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दीपकको झटारोः ‘कांग्रेसले सही ठाउँमा सही मान्छे लैजान्छ भन्थे हो रहेछ’



अ+ अ-

काठमाडौं । सामाजिक सञ्जालमा सक्रिय रहने कलाकार दीपक राज गिरी तिखो व्यंग्य गर्न माहिर छन् । सामाजिक मात्र नभई राजनीतिक क्षेत्रमा पनि उनको व्यंग्य बेलाबखत पुग्ने गर्छ । 

आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई चयन गरेपछि दीपकले व्यंग्य गरेका हुन् ।  

सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले कम्यूनिष्ट सरकारकाविरुद्ध लेख्दा आफूलाई धेरैले कांग्रेस भनेको संझदै अब कांग्रेस सरकारका विरुद्ध लेखेर कम्यूनिष्ट हुने पालो आएको उल्लेख गरेका छन् । 

त्यतीमात्र नभई उनले तिखो व्यंग्य गर्दै लेखेका छन् , ‘कांग्रेसले सही ठाउँमा सही मान्छे लैजान्छ भन्ने सुनेको थिएँ, हो रहेछ । स्वास्थ्य मन्त्री भनेर मोटो घाटो खाइलाग्दो मान्छे छानेरै छाड्यो ।’