२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकवानपुरमा पेट्रोलियम पद्धार्थ बोकेको ट्याङ्कर पुलबाट खसेर दुर्घटना



अ+ अ-

काठमाडौं ।  मकवानपुरको कुन्छाल पुलबाट खसेर १२ हजार लिटर पेट्रोलियम पद्धार्थ बोकेको ट्यांकरको दुर्घटना भएको छ ।

अम्लेखगञ्जबाट सिस्नेरीका लागि छुटेको ना ७ ख ५२१८ नम्बरको ट्याङ्कर दुर्घटना भएको हो । उक्त ट्याङ्करले बास्ताकोटी आयल स्टोर्स सिस्नेरीको लागि ९ हजार लिटर डिजेल र ३ हजार लिटर पेट्रोल बोकेको थियो ।

त्रिभुवन राजपथ हुँदै कुन्छाल–कुलेखानीको बाटोबाट सिस्नेरी जाँदै गरेको ट्याङ्कर थाहा नगरपालिका वडा नं. १ स्थित कुन्छाल पुलबाट खोल्सामा खसेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । सो दुर्घटनामा चालक र सहचालक सामान्य घाइते भएका प्रहरीले जानकारी दिएको छ ।