२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

कोरोना र बाढी, पहिरो पीडितका लागि गाँस र बासको तत्काल व्यवस्था गरियोस्: महिला तथा सामाजिक समिति

कोरोना र बाढी, पहिरो पीडितका लागि गाँस र बासको तत्काल व्यवस्था गरियोस्: महिला तथा सामाजिक समिति
अ अ+ अ-

काठमाडौं । काप्रतिनिधिसभाका सांसदहरुले कोरोना र बाढी, पहिरो पीडितहरुका लागि गाँस र बासको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । संघीय संसद प्रतिनिधिसभा अन्तरगतको महिला तथा सामाजिक समितिको सोमबारको बैठकका बोल्दै नेपाली काँग्रेसकी सांसद सुवर्ण ज्वारचनले कोरोना र बाढी, पहिरो पीडितहरु भोकभोकै मर्ने अवस्था आएको उल्लेख गर्दै उनीहरुका लागि आवश्यक गाँस र बासको व्यवस्था तत्काल गर्न सरकारसँग माग गर्नु भयो ।

“कोरोना, बाढी, पहिरो पीडितले कतिपय ठाउँमा भोकभोकै मर्नुपर्ने अवस्था आएको छ ।” उहाँले भन्नु भयो, “त्यस्ता पीडितहरुका लागि तत्काल गाँस र बासको व्यवस्था गर्न म सरकारसँग जोडदार माग गर्दछु ।” सांसद ज्वारचनले समितिले पनि बाढी, पहिरो र कोरोना अति प्रभावित क्षेत्रको अनुगमन गरी उनीहरुलाई राहत दिन सरकारलाई सचेत गराउन ढिलाई गर्न नहुनेमा जोड दिनु भयो ।

नेकपा एमालेकी सांसद एवम् पूर्व मन्त्री थममाया थापाले  कोरोनाको तेस्रो लहर आउन नदिन सरकारलाई सचेत गराउनु भयो । बालबालिकाहरु दूव्र्यसनीमा फस्ने क्रम कोरोना कालमा झनैै बढदै गएको उल्लेख गर्दै उहाँले त्यसो हुन नदिन सरकार सजग हुनुपर्ने पनि स्पष्ट पार्नु भयो । सांसद थापाले भन्नु भयो, “कोरोनाको तेस्रो लहर आउन नदिन विज्ञहरुसँग छलफल गरी सरकारले ठोस योजना ल्याउनु पर्दछ ।”

समितिकी अर्का सदस्य एवम् काँग्रेस सांसद हिरा गुरुङले बालिकाहरुमाथि बलात्कार पछि हत्या गर्ने क्रम बढिरहेकोमा आक्रोस व्यक्त गर्दै पीडितलाई न्याय दिने काममा ढिलाई नगर्न सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । उहाँले बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तको परिवारले अझै न्याय नपाएको दृष्टान्त समितिको बैठकमा पेश गर्दै पीडितलाई न्याय दिने काममा सरकार गम्भिर नभएको आरोप समेत लगाउनु भयो ।

बैठकमा अमृता थापामगर, विमला विश्वकर्मालगायतका सांसदहरुले सामाजिक कलंकको रुपमा रहेको छाउपडी प्रथा, बोक्सी, दाईजो दिने जस्ता काममा अन्त्य गर्न सामाजिक अभियाननैै चलाएर अघि बढन सरकारको ध्यानाकर्षण गराएका थिए ।