२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्नाटकका मुख्यमन्त्री येदियुरप्पाले दिए राजीनामा



अ+ अ-

एजेन्सी । छिमेकी राष्ट्र भारत कर्नाटक राज्यका मुख्यमन्त्री बीएस येदियुरप्पाले सोमबार आफ्नो पदबाट राजीनामा दिएका छन् । 

भारतीय जनता पार्टी (भाजपा) सरकारको दुई वर्ष पुरा भएको कार्यक्रममा भाग लिन पुगेका यदियुरप्पाले राजीनामाको घोषणा गरेका हुन् ।

राजीनामा घोषणा गर्दै उनले आफूसधैँ अग्निपरीक्षाबाट गुज्रिएको बताएका थिए । त्यसपछि उनले राजभवन पुगेर गभर्नरलाई आफ्नो राजीनामा पत्र बुझाएका हुन् । उनको राजीनामालाई स्वीकार पनि गरिएको छ । नयाँ मुख्यमन्त्री घोषणा नभएसम्म उनी कार्यकारी मुख्यमन्त्री कायम रहनेछन् ।

कर्नाटकमा सेवा गर्ने मौका दिएकोमा प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहलाई धन्यवाद दिँदै अब आफू पार्टीलाई सशक्त बनाउन भूमिका खेल्ने उनी बताउँछन् ।