१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

सबल पक्षको भरपुर सदुपयोग गरेर मेडल भित्र्याउँछौँ: मुख्य प्रशिक्षक भट्ट

सबल पक्षको भरपुर सदुपयोग गरेर मेडल भित्र्याउँछौँ: मुख्य प्रशिक्षक भट्ट
अ अ+ अ-

काठमाडौं । नेपाल भलिबल संघमा नयाँ नेतृत्व आएपछि नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय सहभागिता जनाउँदै छ ।

बंगलादेशको ढाकामा पुस पहिलो सातादेखि आयोजना हुने काभा यु–२३ पुरुष भलिबल च्याम्पियनसिपलाई अहिले युवा टोलीले तयारीलाई तिब्रता दिइरहेको छ । चार टोलीको सहभागिता रहेको प्रतियोगितामा सहभागि हुने टोलीलाई मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टले प्रशिक्षण गराइरहेका छन् । पहिलो पटक सहभागिता हुन लागेको प्रतियोगितामा नेपालको लक्ष्य कम्तीमा पनि पदक रहेको छ ।

बंगलादेशको ढाकामा पुस ५ गतेदेखि ११ गतेसम्म काभा यु–२३ प्रतियोगिता आयोजना हुँदैछ । सोही प्रतियोगिताका लागि नेपाली टोलीले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा तयारी गरिरहेको छ । बिहान र साँझ गरी दुई समयमा सुखद् नतिजा निकाल्ने लक्ष्यसहित तयारीलाई तिब्रता दिइरहेको हो । पहिलो पटक सहभागिता जनाउने लागेको उमेर समूहको प्रतियोगितामा नयाँ खेलाडीलाई अवसर दिइएको छ । लामो प्रक्रियाबाट छनोट हुँदै आएका खेलाडीलाई संघले बन्द प्रशिक्षण राखेर अभ्यास गराइरहेको हो । आयोजक बंगलादेश, श्रीलंका, किर्गिस्तान र नेपालले सहभागिता जनाएको प्रतियोगितालाई सार्थक पार्न विगत ४० दिनदेखि नेपाली टोली तल्लिन छ । नेपाली टोलीलाई दुई सिफ्टमा अभ्यास गराइरेहका मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टले बलिया टोलीबिरुद्ध नेपालले प्रतिष्पर्धात्मक खेल खेल्ने विश्वास व्यक्त गर्नुभयो । ८० जनाको प्रारम्भिक छनोट पार गर्दै अन्तिम १४ खेलाडीको टुङ्गो लागिसकेको अवस्थापनि नयाँ खेलाडी केही शारीरिक र मानसिक कमजोरी भएको बताउनु भयो । तर पनि दैनिक ७ घण्टाको प्रशिक्षण र घरेलु टोलीसँगको अभ्यास खेलबाट मनोबल दिलाउने बताए ।

उहाँले भन्नुभयो, ‘देशैभर भएका र हाल राष्ट्रिय टोलीमा नभएका खेलाडीलाई समावेश गर्दै टोली निर्माण गरेका छौं । ८० जनाबाट छनोट गर्दै २० जनाको प्रारम्भिक छनोट गर्दै अहिले अन्तिम टोली बनाइसकेका छौं । नयाँ र युवा खेलाडी भएकाले अहिलेको अवस्थामा खेलाडी शारीरिक र मानसिक हिसावमा कमजोर नै छन् । तर पनि हामीले दैनिक ७ घण्टा प्रशिक्षण गराएर मनोबल उकास्ने प्रयास गरेका छौं । सहभागि हुन लागेको अन्य टोलीपनि हाम्रो अवस्थाको भएकाले खेलमा बलिया टोलीबिरुद्ध नेपालले प्रतिष्पर्धात्मक खेल खेल्नेछ ।’

एक सातासम्म आयोजना हुने प्रतियोगिताको तालिका सार्वजनिक पनि भइसकेको छ । सार्वजनिक भएको तालिका अनुसार नेपालले उद्घाटन खेलमा आयोजक बंगलादेशसँग खेल्नेछ । बंगलादेश सिनियर टोलीमा नेपाल भन्दा बलियो भएपनि उमेर समूहमा नेपाल जस्तै अगाडि बढ्दै गरेको टोली हो । यस्तै अन्य प्रतिष्पर्धी टोली पनि उदाउँदै गरेका भएकाले नेपालको सम्भावना रहेको प्रशिक्षक भट्टको बुझाई छ । चार दशक सहभागिता जनाउन नसकेको अवस्थामा उमेर समूहको नेपाली टोलीको सहभागिता अनुभव लिने अवसर भएको भएको बताउनु भयो । सहभागिता जनाउँदै गर्दा लक्ष्य स्वर्ण पदक जित्ने राखेको तर सहभागिताको हिसावमा पहिलो भएकाले कम्तीमा पनि मेडल ल्याउनेमा प्रशिक्षक भट्ट आशावादी छन् । अहिले बन्द प्रशिक्षणमा रहेको टोलीमा सबल र दुर्बल पक्ष सबै भएको र सबल पक्षको भरपुर सदुपयोग गर्दै प्रतियोगितामा नेपाली टोली अगाडि बढ्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘चार टोली भएपनि हामीले कम्तीमा पनि चार खेलमा अनुभव लिने अवसर छ । लामो समयपछि सहयभागिता जनाउँदै गर्दा म्याचको अनुभव नै हाम्रो लागि ठूलो हो । लक्ष्य स्वर्ण पदककै राखेका छौं । स्वर्ण पदकको लक्ष्य लिएर नै अभ्यास गरिरहेका हौं । जुन नेपाल भलिबल संघ, नेपाल र भलिबल प्रेमी समर्थकको लक्ष्य पनि राम्रो गरोस भन्ने नै हो । उमेर समूहको पहिलो सहभागिता भएकाले यथार्थ भन्नुपर्दा कम्तीमा पनि एउटा मेडल ल्याउने हो । अहिलेको अवस्थामा टोलीको सबल र दुर्बल पक्ष यकिन छैन् । तरपनि हामीले हाम्रो सबल पक्षलाई भरपुर सदुपयोग गर्दै प्रतियोगितामा प्रतिष्पर्धात्मक खेल देखाउने हो । नयाँ र अनुभव नभएका खेलाडीलाई सहभागि गराउन लागेकाले अभ्यासमा गरेको प्रदर्शन अनुरुप ५० प्रतिशत दिएर खेलेपनि नतिजा निस्कन्छ र हाम्रो लक्ष्य पूरा हुनेछ ।’

चार टोलीले सहभागिता जनाउने प्रतियोगिता राउण्ड रोविन लिगको आधारमा सञ्चालन हुनेछ । पहिलो खेल नेपालले बंगलादेशसँग खेल्दा लिगको दोस्रो खेल ८ पुसमा श्रीलंकासँग तथा ९ पुसमा किर्गिस्तानसँग खेल्नेछ । चार टोलीको मात्रै सहभागिता रहेकाले सबै टोली सेमिफाइनलमा पुग्नेछ । जस अन्तर्गत शीर्ष टोलीले पुछारमा रहने टोलीसँग फाइनल प्रवेशका लागि प्रतिष्पर्धा गर्दा दोस्रो सेमिफाइनल खेल दोस्रो र तेस्रो स्थानको टोलीबीच हुनेछ । नेपाल कम्तीमा पनि तेस्रो भएको अवस्थामा मेडल हात पार्नेछ । सेमिफाइनल १० पुसमा हुनेछ भने फाइनल ११ पुसमा हुनेछ ।

अन्तिम १४ सदस्यीय टोली

धिरोजकुमार बस्नेत, रवि केसी, सन्तोष खत्री, अर्जुन नेपाली, रुपबहादुर गुराउ, बिष्णु बस्नेत, सफल बिक, सन्तोष महता, मनिष मानन्धर, हेमन्त मल्ल, वेदप्रकाश जोशी, सम्राट भण्डारी, गौरव पाण्डे (लिबेरो) र भीम राज गुरुङ (लिबेरो) ।