२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

सांगीतिक कार्यक्रममा उडेकी गायिका राउतलाई अमेरिकाले नेपाल फर्काइदियो

सांगीतिक कार्यक्रममा उडेकी गायिका राउतलाई अमेरिकाले नेपाल फर्काइदियो
अ अ+ अ-

काठमाडौं। सांगीतिक कार्यक्रममा भाग लिन अमेरिका उडेकी गायिका आस्था राउतलाई अमेरिकास्थित डलास अध्यागमनले नेपाल फिर्ता पठाइदिएको छ । पर्यटक भिसामा सांगीतिक कार्यक्रम गर्न नपाइने भन्दै अध्यागमन विभागले उनलाई फिर्ता पठाइदिएको बताइएको छ ।

सांगीतिक कार्यक्रममा भाग लिन नपाएको स्वयं गायिका राउतले पनि स्वीकार गरेकी छन् । उनले फेसबुकमार्फत गन्तव्य स्थानमा जाने क्रममा आएको प्राविधिक समस्याका कारणले उक्त समारोहमा उपस्थित हुन नसकेकोमा दुःख व्यक्त गरेकी छन् ।

उनले लेखेकी छन्, “यहि आउँदो अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा अमेरिकाको लंकास्टरमा आयोजना हुन गइरहेको युनाइटेड होम केयर सर्भिस एलएलसीद्वारा आयोजित न्यू इयर म्युजिकल नाइट २०२३ समारोहमा एक कलाकारको हैसियतले पाएको निमन्त्रणालाई स्वीकार गर्दै उक्त गन्तव्य स्थानमा जाने क्रममा आएको प्राविधिक समस्याको कारणले उक्त समारोहमा उपस्थित हुन नसकेकोमा दुःख व्यक्त गर्दछु साथै निर्धारित समयमै उक्त कार्यक्रम भव्य रुपमा सम्पन्न हुनेछ भन्नेमा पूर्ण आशा गर्दै मेरो कारणले आयोजक वर्गमा पर्न गएको असुबिधा प्रति गहिरो चिन्ता व्यक्त गर्दछु । समय र परिस्थितिले जुराएमा फेरी हाम्रो सांगीतिक मिलन हुनेमा पूर्ण विश्वास गर्दै आयोजक प्रति आभार प्रकट गर्दछु ।”