२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

टोक्यो ओलिम्पिक्स २०२०ः नामै नसुनिएका किशोर जसले पौडीमा स्वर्ण पदक जितेर विश्वलाई चकित पारे

टोक्यो ओलिम्पिक्स २०२०ः नामै नसुनिएका किशोर जसले पौडीमा स्वर्ण पदक जितेर विश्वलाई चकित पारे
अ अ+ अ-

एजेन्सी । टोक्यो ओलिम्पिक्स-२०२० मा ४०० मिटर 'फ्री स्टाइलुतर्फ स्वर्ण पदक हात गर्ने पहिलो अफ्रिकी खेलाडी बन्दा किशोर पौडीबाज अहमद हाफ्नाओई टोक्यो अक्वाटिक सेन्टरमा निस्शब्द बने।

अठार वर्षे ती खेलाडी छनोट चरणको अन्तिम खेलमा सबैभन्दा सुस्त थिए।

तर उनले अस्ट्रेलियाका ज्याक मक्लक्लिनलाई पराजित गरेर उक्त खेलमा अहिलेसम्मको सबैलाई आश्चर्यचकित पारे।

ती अस्ट्रेलियाली खेलाडीले रजत पदकमा चित्त बुझाउनुपर्‍यो भने अमेरिकाका केरन स्मिथले कांस्य पदक जिते।

हाफ्नाओई ओलिम्पिक्समा उत्कृष्ट खेलाडीमध्ये १५औँ नम्बरमा परेर खेल मैदानमा आइपुगेका थिए।

उनी अन्तिम आठ स्थानका लागि मात्र छनोटमा परेका थिए र उनलाई कम मन पराइने बाहिरपट्टिको आठौँ लहरमा राखिएको थियो।

तर उनले सुरुदेखि नै एकदमै कडा मेहनतका साथ पौडी खेले र सबैभन्दा अगाडि ५० मिटर पार गरेर भव्य जित हात पारे।

उनले उक्त दूरी ३ मिनेट ४३।३६ सेकेन्डमा पूरा गरे। त्यो समय दोस्रो स्थानमा रहेका खेलाडीको भन्दा केवल तीन सेकेन्डले छिटो हो।

'म फाइनलमा पुगेर छक्क परेको थिएँ अनि स्वर्ण पदक जितेर आश्चर्यचकित भएको छु,' उनले भने।

'जब मैले पर्खाललाई छोएँ र आफैँलाई हेरेँ अनि मैले विश्वास गरेँ। म एकदमै आश्चर्यचकित भएँ। मैले त्यो सोचेकै थिइनँ।'

उनी कति आश्चर्यचकित थिए भने उनले आफ्नो टोलीको पूरा पोसाक पनि ल्याएका थिएनन्। त्यसैले उनलाई मात्र टी-सर्ट र शर्ट लगाएकै अवस्थामा पदक दिइयो।

हाफ्नाओई ओलिम्पिक्सको पौडीमा स्वर्ण पदक जित्ने दोस्रो ट्यूनिशियाली खेलाडी हुन्।

यसअघि उसामा मेलुलीले दुईवटक यस्तो पदक पाएका थिए। उनी यसपालि पौडीको १० किलोमिटर म्याराथनमा सहभागी हुँदैछन्।

हाफ्नाओईको यो खेलमा भूमिका सकिएको छैन किनकि उनी मङ्गलवार ८०० मिटर 'फ्री स्टाइल'मा पुन: सहभागी हुनेछन्।

उनले जितेको पदक ट्यूनिशियाका लागि पाँचौ ओलिम्पिक स्वर्ण पदक हो।

'जब मैले मेरो देशको झण्डा देखेँ र नेपथ्यमा राष्ट्रगान बज्यो मेरो आँखामा आँसु थियो। मैले निकै गर्वको महसुस गरेको छु,' उनले भने।

'जब म पानीमा प्रवेश गर्छु, म पदक जित्ने बारेमा मात्र सोच्छु। समयबारे सोच्दिनँ र हिजोको भन्दा चाँडो पुग्नेबारे सोच्छु।'

'मैले ती अस्ट्रेलियाली खेलाडीलाई दोस्रो २०० मिटरमा देखेँ, मलाई पानीमा गजब लाग्यो। अन्त्यमा यो एउटा ठूलो लडाइँ थियो।' बीबीसी