• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

बेलायतको सहयोगमा बनेको सडक हस्तान्तरण-फोटो फिचर



काठमाडौं । बेलायत सरकारले नेपाललाई मुगु–हुम्ला जोड्ने ६७ किलोमिटर सडक हस्तान्तरण गरेको छ ।

मुगु जिल्लाको छायानाथ रारा नगरपालिका– २ स्थित जिरो प्वाइन्टदेखि १४ नं वडाको दर्के खोलासम्मको सडक पूरा भएकाले सडक हस्तान्तरण गरिएको हो ।

बेलायत सरकारको आर्थिक सहयोगमा निर्माण भएको उक्त सडकबाट स्थानीय जनताका लागि यातायात र खाद्यान्नको मूल्य आधाभन्दा बढीले घट्ने नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिटले बताउनुभएको छ ।

उहाँले ट्विट गर्दै भन्नुभएको छ, “बेलायतका तर्फबाट म यो सडक प्रयोग गर्ने मानिसलाई धेरै धेरै शुभकामना दिन्छु ।”

फोटो-बेलायती दूतावास