• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

चितवन राष्ट्रिय निकुञ्जका दुई गैंडा मृत भेटिए



मृत गैंडा (फाइल तस्बिर)

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा गैंडा मृत फेला परेका छन् । वुधबार निकुञ्जको कुजौली रेञ्जपोस्टअन्तर्गत नारायणी किनार क्षेत्रमा ६ महिनाको भाले गैंडा मृत फेला परेको हो ।

त्यस्तै निकुञ्जकै अमलटारी सेक्टरअन्तर्गत गुन्द्रही ढका मध्यवर्ती सामुदायिक वन क्षेत्र आज विहान एक पोथी गैंडा मृत फेला परेको छ । निकुञ्जका सूचना अधिकारी तिवारीले १५ बर्षकी पोथी गैंडा आपसमा जुधेर मरेको हुनसक्ने बताए । सो गैंडाको खाग र खुर भने सुरक्षित राखिएको छ ।

चालु आर्थिक बर्षमा निकुञ्ज र मध्यवर्ती क्षेत्रमा पाचँवटा गैंडा मृत भेटिएका छन् ।