१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवन राष्ट्रिय निकुञ्जका दुई गैंडा मृत भेटिए



मृत गैंडा (फाइल तस्बिर)
अ+ अ-

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा गैंडा मृत फेला परेका छन् । वुधबार निकुञ्जको कुजौली रेञ्जपोस्टअन्तर्गत नारायणी किनार क्षेत्रमा ६ महिनाको भाले गैंडा मृत फेला परेको हो ।

त्यस्तै निकुञ्जकै अमलटारी सेक्टरअन्तर्गत गुन्द्रही ढका मध्यवर्ती सामुदायिक वन क्षेत्र आज विहान एक पोथी गैंडा मृत फेला परेको छ । निकुञ्जका सूचना अधिकारी तिवारीले १५ बर्षकी पोथी गैंडा आपसमा जुधेर मरेको हुनसक्ने बताए । सो गैंडाको खाग र खुर भने सुरक्षित राखिएको छ ।

चालु आर्थिक बर्षमा निकुञ्ज र मध्यवर्ती क्षेत्रमा पाचँवटा गैंडा मृत भेटिएका छन् ।