११ श्रावण २०८३, सोमबार
,
Latest
भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल सुनसरी घटनाको विरोधमा जनकपुरधाममा प्रदर्शन सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै सभापति थापाद्वारा संयम अपनाउन अपिल देवानगञ्ज घटनामा मृतकप्रति मुख्यमन्त्री कार्कीको श्रद्धाञ्जली, सामाजिक सद्भाव कायम राख्न आग्रह इतिहास लेखनलाई तथ्यमा आधारित बनाउन सर्वमान्य संयन्त्र गठन गर्नुपर्छः सांसदहरू पिआर लिएका दुई नापी अधिकृतलाई भविष्यमा सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस भाषा, संस्कृति र इतिहास संरक्षणमा राज्य गम्भीर बन्नुपर्छः उपाध्यक्ष भण्डारी समृद्धिका लागि कानून वाधक बन्न हुँदैनः मन्त्री गौतम सुनसरी घटनापछि गृहको कदम : सीडीओसहित सुरक्षा प्रमुखहरू फिर्ता, छानबिन समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कतार विश्वकप: गोल्डेन बुटको दाबेदारमा एमबाप्पे र मेस्सी



अ+ अ-

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ को फाइनल समीकरण पूरा भएको छ । गए राति मोरक्को र फ्रान्सबिच भएको सेमिफाइनलको खेल सम्पन्न भएसँगै फाइनलमा पुग्ने टोलीको टुंगो लागेको हो ।

कतार विश्वकपको उपाधिका लागि फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुनेछ । फ्रान्सले वुधवार सम्पन्न दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २-० ले पराजित गर्दै फाइनलमा अर्जेन्टिनासँगको भिडन्त पक्का गरेको हो ।

आफ्नो टोलीको उत्कृष्ट प्रदर्शनसँगै दर्शकहरुले फिफा विश्वकपमा प्रदान गरिने अवार्डमाथि पनि चासो राख्दछन् । यी मध्ये एक हो ‘गोल्डेन बुट’ । यो अर्वाड विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीलाई दिइन्छ ।

अन्तिम पटक २०१८ मा रसियामा भएको विश्वकपमा इङ्ल्यान्डका ह्यारी केनलाई गोल्डेन बुट दिइएको थियो । उनले ६ गोल गरेका थिए ।

यस विश्वकपमा अहिलेसम्म गोल्डेन बुटका दाबेदारमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी र फ्रान्सेली फरवार्ड केलियन एमबाप्पे रहेका छन् । मेस्सी र एमबाप्पेले समान ५ गोल गरिसकेका छन् ।

यस्तै, ओलिभर जेरुड र जुलियन अल्भारेज पनि दाबेदारको सूचीमा रहेका छन् । उनीहरु दुबैले समान ४ गोल गरेका छन् ।

कोडी गाक्पो, मार्कुस राषफोर्ड, अल्भारो मोराटा, इनर भ्यालेन्सिया, बुकायो साक, रिचार्लिसन, गोन्कालो रामोस पनि ३र३ गोलसहित दाबेदारमा रहेका छन् ।