२८ भाद्र २०८३, आईतवार
,
Latest
जिप दुर्घटना अपडेडः मृतकको पहिचान खुल्यो प्रतिगामी कदम लामो समय टिक्न सक्दैनः ओली १२ दिनपछि कृष्णभीरमा ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन, असोज १ बाट नियमित सञ्चालनको लक्ष्य स्रोत नखुलेको १३ लाख ७५ हजारसहित हुण्डी कारोबारमा युवक पक्राउ बदलिँदो जनसांख्यिक संरचनालाई समाजवादको आधार बनाउनुपर्नेमा विज्ञहरूको जोड कृष्णभीरबाट सवारीसाधन आवागमनको परीक्षण सफल, सडक पूर्ण सञ्चालनको तयारी तीव्र हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेलबाट आएर पक्ष र विपक्षमा सनाखत गर्न मेरो नैतिकताले दिएनः रेशम चौधरी



फाईल फोटो
अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टीका सांसद रेशम चौधरी पार्टीको आधिकारिकता विवादमातटस्थ बस्नुभएको छ ।

जसपाको आधिकारिकता विवाद निरुपणका लागि सोमवार दिउँसो हस्ताक्षर सनाखत गर्न निर्वाचन आयोग पुग्नुभएका सांसद चौधरीले मुल पार्टी जसपा भएकोले कसैको पक्षमा पनि भोट हाल्न आफ्नो नैतिकताले नदिने भन्दै आफू तटस्थ बसेको बताउनुभएको हो ।

सांसद चौधरीले भन्नुभयो, “जेलबाट आएर एउटा पक्ष र विपक्षमा सनाखत गर्न मेरो नीयत र नैतिकताले दिएन, मेरो लागि पक्ष जसपा हो र विपक्ष पनि जसापा हो, म जसपाको एउटा कार्यकर्ता हुँ, आज राजनीतिक मुद्धाका कारणले म जेल बस्नुपरेको छ, मेरो मुद्धामा राजनीतिक दल, मेरो पार्टी कत्तिको लडिरहेको छ, त्यो उहाँहरुको दृष्टिकोण हो ।”

आफ्नो एकमात्र एजेण्डा न्याय भएको बताउँदै सांसद चौधरीले आफू पार्टीको बफादार सीपाही भएको र आफ्नो लागि महन्थ ठाकुर भीष्मपितामह सरह भएको बताउनुभयो ।